ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको समृद्धिको नारा गफ मात्रै : सभापति देउवा


एबीसी न्यूज
३० जेष्ठ २०७५, बुधबार   ६ : ०९   बजे
फायल फोटो
फायल फोटो

काठमाडौँ, ३० जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गर्नुभएको छ ।

नेपाल टे«ड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जनताका दैनिक उपभोग्य वस्तुमा महंगी बढाएर समृद्धि नआउने बताउनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले देखाएको व्यवहारले सरकार राष्ट्रवादी नभएको आरोप लगाउँदै सभापति देउवाले प्रश्न गर्नुभयो, “पहिले अरुण तेस्रो जलविद्युत परियोजना हुन नदिने अहिले त्यही परियोजना भारतलाई बोलाएर उद्घाटन गर्न लगाउने, यो कस्तो राष्ट्रवाद हो ?”

पार्टीभित्रको विवादका सम्बन्धमा उहाँले आफूलाई गाली गरेर पार्टी बलियो नहुने भन्दै मुलुकमा देखिएको चुनौतीको सामना गर्न एकढिक्का भएर काँग्रेसलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पार्टी विधान वा सहमति अनुसार चल्नुपर्ने बताउँदै सभापति देउवाले भन्नुभयो, “आफूलाई आवश्यक परे सहमतिअनुसार भन्ने आवश्यक नभए विधानअनुसार चल्नुपर्छ भन्नु हुँदैन ।”

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसकै पहलमा नेपाल टे«ड युनियन काँग्रेसका धेरै माग संविधानमा लिपिबद्ध भएको बताउँदै सबैको सहभागिता हुने गरी राष्ट्रिय श्रम आयोग गठन हुनुपर्ने माग गर्नुभयो ।

सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका सम्बन्धमा सरकारमा सहभागी दलहरुले गरेको व्यख्याको विरोध गर्दै वरिष्ठ नेता पौडेलले त्यस विरुद्ध काँग्रेसले सशक्त प्रतिवाद गर्ने उदघोष गर्नुभयो ।

सरकारले विभिन्न कानुनका नाममा टे«ड युनियनका अधिकार माथि धावा बोल्न सक्ने आशंका व्यक्त गर्दै उहाँले त्यस्तो अवस्था आउन नदिन नेपाल ट्रेड युनियन काँग्रेसलाई सजग हुन सुझाव दिनुभयो । पार्टीमा एकता कायम गर्न न्याय, निश्पक्षता र पारदर्शी मूल्यांकनको व्यवस्था हुनुुपर्ने वरिष्ठ नेता पौडेलको सुझाव थियो ।

सो अवसरमा पार्टी उपसभापति विमलेन्द्र निधिले वर्तमान अवस्थामा नेपाल ट्रेड युनियन काँग्रेसमाथि श्रमिकका हकहितको प्रवद्र्धन गर्ने र सरकारले श्रमिकका अधिकारमाथि गर्नसक्ने कटौतीविरुद्ध संघर्ष गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी देखिएको बताउनुभयो ।

महामन्त्री डा शशांक कोइरालाले काँग्रेसमा एकता कायम गर्न पार्टीभित्रका तिक्तता मेटेर अघि बढ्न नेतृत्वलाई सुझाव दिँदै त्यसका लागि आफू हैसियतअनुसार जिम्मेवारी निर्वाह गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले स्वतन्त्र न्यायापालिकाको आर्दशअनुसार न्यायाधीशले आफ्नो स्वाभिमान बचाउन दलका नेताका घर धाउन नहुने भन्दै सञ्चारमाध्यमले पनि सरकारका लगत कदम औँल्याएर विपक्षीको भूमिका खेल्न सक्नुपर्ने सुझाव दिनुभयो ।

प्रवक्ता विश्वप्रकाश शर्माले विगतमा मुलुकका ठूला आन्दोलनमा तुलनात्मक रुपमा नेतृत्व विद्यार्थीहरुले गरेको स्मरण गर्दै आजको अवस्थामा श्रमिकको संख्या धेरै भएकाले श्रमिकले गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

नेता गगनकुमार थापाले काँग्रेसले संसद्मा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भने कुनै पनि आँच आउन नदिने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ नेता पुष्कर आचार्य, पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका निर्देशक रिचार्ड हवार्ड, हिन्द मजदुर संघका महासचिव हरभजन सिंह, एफ इ एसका नेपाल प्रतिनिधि आनाते स्विचलिटलगायतले विश्वको टे«ड युनियन आन्दोलनको चर्चा गर्दै नेपाल ट्रेड युनियन काँग्रेसको महाधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

तीन दिनसम्म चल्ने ट्रेड युनियन काँग्रेसको महाधिवेशनमा मुलुकभरका एक हजार ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । ट्रेड युनियन काँग्रेसमा विभिन्न क्षेत्रका २६ संघ आबद्ध हुनुका साथै सदस्य संख्या चार लाख २५ हजार सदस्य रहेको छन् । नेपाल ट्रेड युनियन काँग्रेस गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल मजदुर संघका नाममा २००३ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group