ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएन अमेरिकामा अध्यक्ष पदका ६ उम्मेदवार आकांक्षी


abc news
१५ असार २०७४, बिहिबार   ९ : ३८   बजे

अबको केहीसाताभित्र एनआरएन अमेरिकाको चुनाव हुने सम्भावना छ । मतदाताहरुको नामावली पनि प्रकाशित भइसकेको छ । तर मतदाताहरु भने कस्लाई भोट हाल्ने अन्यौलमा छन् । यसै सन्दर्भमा हामीले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने चर्चा कमाएका केही व्यक्तिसँग तपाईको परिचय गराउदैछौं । उम्मेदवारका आकांक्षीहरुको नाम अँग्रेजी अल्फावेटिकल अर्डरमा छ ।

डिल्ली भट्टराई

भट्टराई एनआरएन अमेरिकाको २०१५ देखि २०१७ सम्मको कार्यसमितिका उपाध्यक्ष हुन् । आगामी कार्यकालका लागि अध्यक्ष पदका दावेदार भट्टराई सामाजिक क्षेत्रमा चर्चित नाम हो । अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्निया निवासी भट्टराई एनआरएनलाई धनाढ्यको क्लब नभई ग्रासरुट मुभमेन्टका रुपमा अगाडि बढाउने योजनाका साथ सकृय छन् ।

गौरी जोशी

चर्चित सफल युवा व्यवसायी जोशी एनआरएन अमेरिकाको सन् २०१५ देखि सन् २०१७ सम्मको कार्यसमितिका सल्लाहकार हुन् । त्यसअगाडि उनी सन् २००७ देखि सन् २००९ सम्म एनआरएन अमेरिकाको कम्युनिकेशन डाइरेक्टर थिए । विभिन्न सामाजिक संस्थामा काम गरिसकेका जोशी एनआरएन अमेरिकाको चुनावी चहलपहलमा अग्रपंक्तिमा रहेका छन् ।

केशव पौडेल

पौडेल एनआरएन अमेरिकाको सन् २०१५ देखि २०१७ सम्मको कार्यसमितिका अध्यक्ष हुन् । न्युमेक्सिको निवासी पौडेलले नेपालमा गएको महाभूकम्पमा विभिन्न जिल्लामा पुगेर भूकम्पपीडितको उपचार गरेका थिए । त्यसपछि अध्यक्षमा निर्वाचित भएका पौडेल आगामी चुनावमा अध्यक्षका दावेदार हुन्।

कृष्ण पोखरेल

न्युयोर्क निवासी पोखरेर एनआरएन अमेरिकाको २०१५ देखि २०१७ सम्मको कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् । त्यस अगाडिको कार्यकालमा उनी एनआरएन अमेरिकाको महासचिव थिए । अहिलेसम्म कुनै पनि चुनावमा पराजित नभएका उनी अमेरिकामा चर्चित वयक्तित्व हुन् । पोखरेल एनआरएनको आगामी चुनावमा अध्यक्ष पदका लागि स्वभाविक दाबेदार हुन् ।

रविना थापा

डिसी महानगर क्षेत्रमा लामोसमयदेखि विभिन्न सामाजिक संस्था र कार्यमा संलग्न थापा एनआरएन अमेरिकाको अध्यक्ष पदमा एकमात्र महिला दावेदार हुन् । बाल्टिमोरको चर्चित संस्था बानाकी अध्यक्ष भइसकेकी थापा एनआरएन अमेरिकाको २०१५ देखि २०१७ सम्मको कार्यसमितिकी उपाध्यक्ष हुन् । अमेरिकामा रहेका नेपालीमाझ लोकप्रिय रविना एनआरएन अमेरिकाको पहिलो महिला अध्यक्ष बन्ने दौडमा छिन् ।

राम सी पोखरेल

पोखरेल एनआरएन अमेरिकाको सन् २०१५ देखि सन् २०१७ सम्मको कार्यसमितिका उपाध्यक्ष हुन् । सामाजिक क्षेत्रमा र एनआरएनमा राम्रो अनुभव हासिल गरेका पोखरेल अमेरिकामा रहेका नेपालीहरुमाझ लोकप्रिय छन् । दुई दशकदेखि अमेरिकामा रहेका विभिन्न सामाजिक संस्था र गतिविधिमा संलग्न पोखरेल टेक्सासको ड्यालसमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu