ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक विकास र समृद्धिका लागि ऐतिहासिक अवसर : घनश्याम भुषाल


admin
३० जेष्ठ २०७५, बुधबार   १ : २०   बजे

बुटवल, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले नेपालको आर्थिक बिकास र समृद्धिका लागि ऐतिहासिक अवसर आएकोले कम्युनिष्ट पार्टीले यसलाई समात्न सक्नुपर्ने बताउनुभएको छ ।

बुटवलको एक कायक्रममा बोल्दै नेकपा नेता भुषालले अहिलेको ऐतिहासिक समय र अवसरलाई गुमाए मुलुक धेरै पछाडि पर्ने बताउनुभयो । भुषालले यस्तो ऐतिहासिक अवसर बिरलै आउने बताउँदै २००७ साल, १७ साल र ४६ सालमा पनि यस्ता अवसर सदुपयोग गर्न नसकिएको स्मरण गर्नुभयो ।

अहिले पनि त्यस्तै ऐतिहासिक अवसर आएको भन्दै गुम्न दिन नहुने पनि उहाँले बताउनुभयो । नेकपा नेता भूषालले देश निर्माणको जिम्मा कम्युनिष्ट पार्टीको काधमा आएको उल्लेख गर्दै बिकास र समृद्धिको जनताको चाहनालाई पुरा गर्ने बताउनुभयो । उहाँले काग्रेसले अवसरलाई समात्न नसकेर इतिहासमा पछाडी परे जस्तो नहुन कम्युनिष्ट पार्टी नेता कार्यकर्ता भ्रष्टाचारमा छैन भन्ने ग्यारेण्टी हुनुपर्ने धारणा राख्नुभयो ।

उहााले बैदेशिक अनुदानले मुलुक नबने भएकाले स्वार्थमा अनुदान लिनु भन्दा ऋण लिएर दृढ संकल्पित भएर मुलुक निर्माणमा लाग्नुपर्ने बताउनुभयो । अहिलेको बजेट यथार्थ परक आएकाले साउनदेखि बृद्धभत्ता ५ हजार पुर्याउछौ भनेर गरेको प्रतिवद्धता समेत गर्न नसके पनि आउदो वर्ष पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकिकरण पश्चात भातृ संगठनको नेतृत्व चयन बरिष्ठता, सक्रियता र पार्टी एकताको भावनाका आधारमा छिट्टै टुग्याउने जानकारी दिनुभयो । तिनाउ नदीमा भइरहेको उत्खननका सम्वन्धमा भुसालले नदीमा दोहन र लुट भइरहेको बेला राजनीतिक तहमा मौन रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

सम्बन्धित

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

प्रधानमन्त्री बालेन र प्रधानन्यायाधीश शर्मा पोखरामा, भेटघाटको कार्यक्रम छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu