नवलपरासी । नवलपुरको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउनुपर्ने भन्दै जिल्ला प्रशासन ज्ञापन पत्र बुझाइएको छ ।
देवचुली नगरपालिका अन्तर्गत वडा नम्बर ३ मा रहेको स्वास्थ्य केन्द्र लाई जिल्ला अस्पताल बनाउन माग गर्दै नवलपरासी जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिाकारी श्रीनाथ पौडेललाई देवचुली जेसिज र रजहर जेसिजले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
यस अघि देवचुली नगरपालिकाको सबै वडा कार्यलय तथा विभिन्न संघ सस्था मार्फत नगरपालिका भरी हस्ताक्षर अभियान पनि संचालन गरिएको थियो ।
नवलपुर खण्डको मध्य भागमा पर्ने दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा नवलपरासी पुर्वका विकट पहाडी क्षेत्र बुलिङ्गटार, धौवादी , अर्खला, , हुर्हुरेडाँडा , बौदिकालि, देवचुली, कावासोती, गैडाकोट नगरपालिका लगायतका बासिन्दाले सेवा लिदै आईरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले ज्ञापन पत्रमा उल्लेखित मागहरु सम्बन्धित ठा“उमा पुर्याउने, आफुले सक्दो सहयोग गर्ने प्रतिद्धता सहित स्वास्थ्य मन्त्रालयमा पठाउने जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्