ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी खेलाडी पुरुषसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई सासंदको चेतावनी


एबीसी न्यूज
२ असार २०७५, शनिबार   ७ : ०७   बजे

काठमाडौं, २ असार  । विश्वकप फुटबलको आयोजक राष्ट्र रुसकी एक वरिष्ठ सासंदले विदेशी खेलाडीसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई चेतावनी दिएकी छिन् ।

रुसी ससंदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख तामरा प्लेतन्योभाले एक रेडियोसँग अन्तर्वार्ताको क्रममा यस्तो चेतावनी दिएकी हुन् ।

रुसका महिलाहरुले विश्वकपको समयमा आएका विदेशी अश्वेत पुरुषसँग सेक्स गरेर अरु मिश्रति जातीका सन्तान जन्माउन सक्ने भएकाले त्यस्तो नगर्न उनले भनेकी हुन् ।

उनले सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको सङ्ख्या एक्कासी वृद्धि भएको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले विदेशी खेलाडीसँग यौन सम्बन्ध राख्न नहुने बताइन् ।

‘सुखी परिवार, सँगै बस्न, बच्चाहरु जन्माउन र राम्रो शिक्षा दिनको लागि पनि रुसका नागरिकले एकअर्कालाई बिहे गर्नुपर्छ’ उनले भनिन् ।
उनले विश्वकप पछि एकल आमाहरुको सङ्ख्या बढ्ने चिन्ता पनि व्यक्त गरिन् । यसरी विदेशी पुरुष र रुसी महिलाबाट जन्मने यस्ता बच्चाहरुले पछि दुःख पाउन सक्ने तर्फ पनि उनले संकेत गरिन् ।

रुसमा विश्वकप आयोजनाका विषयलाई लिएर विभिन्न सामाजिक समस्याबारे कुराकानी भइरहेको छ । यस्तोमा रुसी महिलाका विषयमा यसअघि पनि प्रश्नहरु उठिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu