ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बक्सअफिसमा ‘गौँथली’को दबदबा, साढे २५ करोड नाघ्यो कमाइ


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : ३५   बजे

काठमाडौं । चलचित्र ‘गौँथली’ले बक्सअफिसमा आक्रामक कमाइ गर्दै साढे २५ करोड रुपैयाँ नजिकको ग्रसकलेक्सन गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले आइतबारसम्म २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार ‘गौँथली’लाई हालसम्म ९ लाख ९ हजार ४२६ दर्शकले हेरेका छन्। योसँगै चलचित्र नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ। यसअघि दोस्रो स्थानमा रहेको ‘कबड्डी–४’लाई पछि पार्दै ‘गौँथली’ दोस्रो स्थानमा पुगेको हो। सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको पहिलो स्थानमा भने ‘पूर्ण बहादुरको सारङ्गी’ कायम छ।

डा. कपिल रिजाल निर्देशित ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ।

‘हली’ र ‘लज्जावती’को अवस्था

यस्तै, चलचित्र ‘हली’ले आइतबारसम्म २२ लाख ९६ हजार ९२० रुपैयाँ ग्रसकलेक्सन गरेको छ। चलचित्रका ८ हजार ३८५ टिकट बिक्री भएका छन्। ओम प्रतीक निर्देशित ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आएको हो।

चलचित्रमा निर्देशक ओम प्रतीकसहित प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय छ।

त्यस्तै, साउन २९ गतेदेखि प्रदर्शनमा आएको ‘लज्जावती’ले आइतबारसम्म ७ लाख ६८ हजार ४५० रुपैयाँ ग्रसकलेक्सन गरेको छ। राजबहादुर साने निर्देशित प्रेमकथामा आधारित चलचित्रमा मुकुन भुसाल र श्रीकृष्ण निरौला मुख्य भूमिकामा छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सम्बन्धित

तिशा शाक्य मिस नेवाः नेपालको विजेता

बेनीमा युवाले जोगाउँदै नेवार समुदायको मौलिक ‘घोडा नाच’

तिशा शाक्य बनिन् ‘मिस नेवाः नेपाल ११४६’

तीज गीत ‘आँशु बरर…’ सार्वजनिक

जमलको टप दरबार रोधीमा तीनदिने लोकदोहोरी मेला आज समापन हुँदै

‘बाः एक योद्धा’को प्रशंसामा सुहाना, भनिन्– ‘यो बाआमाको त्याग र सन्तानको भविष्यको कथा हो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu