ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिलवालको लाङ्टाङ कथा


एबीसी न्यूज
२ असार २०७५, शनिबार   ८ : १८   बजे

काठमाडौँ, २ असार । भूकम्पलगत्तै, बीच र पछिल्लो अवधिको लाङ्टाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङ्टाङ जर्नी ः ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षक कार्यक्रम सम्पन्न भएको छ ।

लाङ्टाङ सद्भावनादूत अशोक सिलवालको आयोजनामा सम्पन्न सो कार्यक्रममा सिलवालले आफू निर्देशित ‘घर फर्किरहेका मान्छे’ र ‘लाङ्टाङ अपडेट ः वेकिङ एण्ड वाकिङ’ (लाङ्टाङ अद्यावधिकः बिउँझदै र हिँड्दै)शीर्षकका दुई वृत्तचित्र प्रदर्शन गर्नाका साथै भूकम्पपछि पटक पटक लाङ्टाङ जाँदाको र मार्मिक अनुभव सुनाउनुभयो । ती वृत्तचित्रमा सिलवालले आफूसँगै लाङ्टाङ फर्किंदै गरेका स्थानीयवासीको कथा तथा भूकम्पपछि लाङ्टाङ यात्रा गर्दै गरेको पहिलो विदेशी पदयात्री समूहको कथा समेट्नुभएको छ ।

“मृत्युबाट जीवनमा फर्केको लाङ्टाङको लयलाई कार्यक्रममार्फत देखाउने मेरो प्रयास हो । भूकम्प र हिमपहिरोको वियोगबाट उठेको यो हिमालयको कथा अरु थुप्रै गाउँ र ठाउँका लागि प्रेरणा बन्नेछ”, सिलवालले भन्नुभयो । भूकम्पले पूरै बगाएको लाङ्टाङ अहिले पुरानै स्वरुपमा आउनाका साथै बढी सुविधासम्पन्न भएको छ । पहिले बिजुली बत्ती थिएन, अहिले क्याञ्जिङमा उत्पादित बिजुलीले क्याञ्जिङ, सिन्धुम, मुन्डु, लाङ्टाङ गाउँ र गुम्बा डाँडा उज्यालिएको छ । क्याञ्जिङमा वाइफाइ सेवा पहिलो पटक शुरु भएको छ । “भूकम्पमा श्रीमान् गुमाएकी एक स्थानीयववासीले श्रीमती गुमाएको अर्को पुरुषसँग विवाह गरेर मृत्यपछि पनि नयाँ व्यवस्थित जीवन शुरु गरेको भेटें”, उहाँले भन्नुभयो ।

विसं २०७२ वैशाख १२ को भूकम्प र लगत्तैको हिमपहिरोपछि मानवविहीन पर्वतीय पर्यटनको एउटा विशेष केन्द्र लाङ्टाङमा पैदलै पुग्ने सिलवाल पहिलो पत्रकार हुनुहुन्छ । पथप्रदर्शक एवं प्रशिक्षक सिलवालले वृत्तचित्र, आलेख, अन्तर्वार्ता आदिका माध्यमबाट भूकम्पपछिको लाङ्टाङको वस्तुस्थितिलाई प्रकाशमा ल्याई पदयात्रा पर्यटनमा आधारित त्यहाँको हिमाली जीवनलाई पुरानै लयमा फर्काउन महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो ।

लाङ्टाङ क्षेत्रको पर्यटकीय पुनःस्थापनाका लागि अभियानकै रुपमा लागिरहँदा उहाँलाई समग्र लाङ्टाङवासीका तर्फबाट लाङ्टाङ मेनेजमेन्ट एण्ड रिकन्स्ट्रक्सन कमिटीले लाङ्टाङ सद्भावनादूतको उपाधिसहित सम्मान गरिसकेको छ । लाङ्टाङ क्षेत्रको पुनःस्थापनामा विशेष योगदान पु¥याएवापत टे«किङ एजेञ्सिज् एशोसिएशन अफ नेपाल (टान) र राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट–नेपाल)ले पनि उहाँलाई पुरस्कृत गरेका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, कवि नवराज लम्साल, चिन्तक डम्बर खतिवडा, निट–नेपालका अध्यक्ष दीपक महत, स्थानीयवासी तेम्बा लामा आदिले सिलवालको लाङ्टाङ उत्खनन् र त्यसको प्रवद्र्धन गरेकामा प्रशंसा गर्नुभयो । कार्यक्रममा लाङ्टाङ सद्भावना दूत सिलवालले पहिलो पटक आफूसँगै लाङ्टाङ जानुभएका जनार्दन खतिवडा र बलराम न्यौपानेलाई सहयात्री सम्मान गर्नुभयो भने पहिलो पटक लाङ्टाङ यात्राको आयोजना गर्ने निट–नेपाल, अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथुन प्रतियोगिता गर्दै आएको टान र भूकम्पलगत्तै गठित लाङ्टाङ मेनेजमेन्ट एण्ड रिकन्स्ट्रक्सन कमिटीका प्रतिनिधिलाई सम्मान गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group