ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा बजार अनुगमनः पसलमा मुल्य सूचिनै छैन


एबीसी न्यूज
२ असार २०७५, शनिबार   ४ : १३   बजे

त्रिपुराकोट(डोल्पा) २ असार । त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने त्रिपुराकोट बजारको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा घरेलु, कोलेनिका, उद्योग बाणिज्य संघ, त्रिपुरासुन्दरी नगरपालिका, जिल्ला समन्वय ,प्रहरी, संञ्चारकर्मी सहितको टोलीले त्रिपुराकोट बजारका सम्पुर्ण होटेल पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमन टोेलीले त्रिपुराकोटका विभिन्न होटेल पसलबाट म्याद नाघेका चाउचाउ, बिस्कुट,पेय पदार्थ लगाएतको दश हजार रकम बराबरका अखाद्य बस्तुहरु बरामत गरि नष्ट गरेको छ ।
जिल्लाको मुख्य बजारको रुपमा चिनिएको त्रिपुराकोट बजारको २९ वटा पसल अनुगमन गरिएको र त्यसमा २९ वटै पसलमा मुल्य सूची नराखिएको, ८ पसल प्यान दर्ता नभएको, ११ पसल साईन बोर्ड नभएको, बिल जारी नगर्ने पसल १७ वटा, नापतौल नगर्ने पसल ५ वटा पाईएको अनुगमन टोलीले जनाएको छ ।

त्रिपुराकोटका सम्पुर्ण पसलले मुल्यसुची बिनानै सामान बेच्ने गरेको पाईएकाले तत्काल उद्योग बाणीज्य संघ मार्फत मुल्य सूची झिकाएर आ–आफ्नो पसलमा टाँस्न समेत अनुगमन टोलीले निर्देशन दिएको छ ।

सदरमुकाम दुनैमै रहेका अधिकाशं पसलहरुले पनि मुल्यसुचीबिना सामान बिक्रिबितरणगर्ने गरेको अुनगमन टोलीको भनाई छ ।
गत बर्ष गरिएको अनुगमनले धेरै प्रभाव पारेको र उपभोक्त हितलाई मध्येनजर राख्दै जिल्लाका दुनै,जुफाल,त्रिपुराकोट लगाएतका मुख्य बजारहरु नियमित अनुगमन गरिने प्रजिअ भुपेन्द्र थापाले भन्नुभयो ।

“गत बर्ष म्याद नाघेका लाखौँको सामान नष्ट गराईएको थियो,अहि पत्येक पसल अनुगमन गर्दा त्यो अवस्था नरहेकाले दुर्गमका बजारमा अखाद्य बस्तुको बिगबिकी घट्दै गएको पाईको छ ”प्रजिअ थापाको भन्नुभयो ।
बजारमा किनबेचहुने सम्पुर्ण खाद्यबस्तुहरु प्रत्यक्ष रुपमा जनताकोे स्वास्थ्यसँग जोडिएकाले अनुमनलाई निरन्तता दिनुपर्ने स्थानीय बुद्धिजीवि पुर्ण केशर न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu