ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जहाँ जागिर पाउन बोससँग गर्नुपर्छ डेटः मासिक तलब हुन्छ कम्तीमा ८६ लाख


एबीसी न्यूज
३ असार २०७५, आइतबार   १२ : ४१   बजे

वासिङ्टन, ३ असार । जागिर पाउनका लागि मानिसहरु राम्रोसँग पढ्छन् । यसका लागि अन्तर्वार्तामा पनि मेहनत गर्छन् । तर एक कम्पनीले जागिरका लागि एउटा अचम्मको तरिका अपनाएको छ । यो जागिरका लागि अन्तर्वार्ता नभई मालिकसँग डेटिङ जानुपर्ने शर्त राखिएको छ ।

अमेरिकाको डेटिङ एप ‘हिंज’ ले जागिरको आवेदन निकालेको हो जसको मासिक तलब ८० हजार देखि १ लाख डलर (८६ लाखदेखि १ करोड ७ लाख रुपैयाँ) तोकेको छ । यो कम्पनीले कर्मचारीलाई रेष्टुरेन्ट र बारको भत्तासमेत उपलब्ध गराउँछ । यो कम्पनीमा जागिर पाउनका लागि उम्मेद्वारले मालिकसँग डेटमा जानुपर्छ र मालिकलाई कम्पनीको बिजनेस गरेरै देखाउने विश्वास दिलाउनुपर्छ ।

मिडिया रिपोर्ट अनुसार कम्पनीले एन्टी रिटेन्शन स्पेशलिष्ट पदका लागि जागिर खुलाएको हो जुन रिलेशनशिप एक्सपर्ट जस्तै हो । यो पदमा बसेर व्यक्तिले समस्याको हल निकाल्ने, डेट फिक्स गराउने, डेटका लागि लोकेशन खोज्ने, कुराकानी गराउनेजस्ता काम गर्नुपर्ने हुन्छ । हिंजका कम्युनिकेशन डाइरेक्टर जीन मेरी मेग्राथले भने, ‘हामी बोल्नुको साटो काम गरेर देखाउने कुरामा विश्वास गर्छौं । जो डेटमा सफल हुन्छन् उनीहरुको तलब ८० हजारदेखि १ लाख डलरसम्म हुनेछ । साथै, रेष्टुरेन्ट र बार अलाउन्स पनि दिइनेछ ।’

कम्पनीले यस्तो यसकारण गरिरहेको छ ताकि मानिसहरु एप बाहिर आएर मानिसहरुसँग भेट्ने कुरामा विश्वास गरुन् । यो एपको प्रतिस्पर्धा टिन्डर, बंबल र फेसबुकसँग छ । डेटिङको मामलामा यो एप तीब्र रुपमा अघि बढिरहेको छ यसकारण कम्पनीले यो पदका लागि आवेदन खुलाएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu