झापा,३ असार । झापामा प्रहरीले ५० किलो हरियो र ५ सय ग्राम सुख्खा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३२ वर्षीय प्रदिप पौडेलसहित ३ जना रहेका छन । अन्य दुई जनाको भने नाम खुलाइएको छैन । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैबीच, जिल्लाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले शनिबार लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो, ईकाई कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले भारत पानीट्याङ्की बजारबाट नेपालतर्फ आउँदै गरेका ईलाम सुर्योदय नगरपालिका १० बस्ने १९ वर्षीय प्रशान्त रिजालको साथबाट १८ एम्पुल टिडिजेसिक ईन्जेक्सन बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस्