काठमाडौँ,३ असार । प्रहरीले ठमेलको आसपास क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २८ वर्षीय मनोज खत्री र २८ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरुले ठमेल आसपासका क्षेत्रमा सञ्चालित होटेल, रेस्टुरेन्ट लगायतका व्यवसायीहरूलाई डर त्रास देखाएर रकम असुल्दै हिँडेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।
उनीहरूले राधे समूहुको नाममा ठमेल, ज्याठा क्षेत्रमा होटेल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीहरूलाई डर त्रास देखाई रकम असुल्दै हिँड्ने गरेको प्रहरीमा उजुरी परेको छ।
प्रतिक्रिया दिनुहोस्