ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ७ : ५०   बजे


काठमाडौं, ५ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि चीनको ६ दिने भ्रमण शुरु गर्दै हुनुहुन्छ ।
चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ प्रस्थान गर्न लाग्नुभएको हो ।

चीन भ्रमणका क्रममा उहाँले चीनिया राष्ट्रपति सि चीनपिङ, प्रधानमन्त्री ली खछ्याङ, लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा नेपाल–चीनबिच अन्तरदेशीय सीमापार प्रसारण लाईनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै गल्छी–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाईन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी छ ।

चीन भ्रमणका बेला उर्जा, रेल वे, विजुलीको प्रसारण लाइन र भूकम्प पछिको पुनर्निर्माणका क्षेत्रमा सम्झौता हुने प्रधानमन्त्री ओलीले हिजो संसदलाई जानकारी गराउनुभएको छ ।

अघिल्लोपटक आफु प्रधानमन्त्री हुँदा भएका आपसी सहमतिको कार्यान्वयनका विषयमा पनि थप छलफल हुने उहाँले बताउनुभयो । साथै २ देशका नाका खोल्ने विषयमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री अ‍ोलीले, नेपालको विकासका प्राथमिकताबारे जानकारी गराउनुका साथै लागि चीनले गर्न सक्ने सहयोगका बारेमा छलफल गरि आपसि सहयोगका क्षेत्र पहिल्याइने पनि संसदलाई जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार बिहान ९ बजे हिमालयन एयरलाइन्सको चार्टर विमानबाट बेइजिङ जानेछ ।

मंगलबार बेलुका नै प्रधानमन्त्री ओलीको टोली बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुनुहुनेछ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री अ‍ोलीले चीनमा रहेको नेपाली दूतावासका कर्मचारी र चीनमा रहेका नेपालीहरुसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार दिउसो ४ बजे प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफीङसँग झण्डै पौने घण्टा भेट्नुहुनेछ । शुक्रबार प्रधानमन्त्री ओलीको टोली ल्हासाका जानेछ भने शनिबार ल्हासामा रहेको पोतला दरबार,जोखाङ मन्दिर,क्युसु कृषि आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।

आइतबार बिहान ११ बजेर ५० मिनेटमा प्रधानमन्त्री ओली नेतृत्वको टोली सिचुआन एयरलाईन्समार्फत स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री भाटका तीन निर्णय, सडक सुरक्षा र ठेक्का व्यवस्थापन प्राथमिकतामा

सम्बन्धित

दसैंअघि नै बैंकका लगानीकर्ताले लाभांश पाउने सम्भावना बढ्यो

विश्वासको मतका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक फेरि सर्‍यो, आज ४ बजे बस्ने

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो, चाँदीमा पनि ६५ रुपैयाँको गिरावट

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu