काठमाडौं , ५ असार । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले जनाएको छ । निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेताहरु सोमबार साँझ नै न्यूरो अस्पताल पुगेका थिए ।सोमबार साँझदेखि नै अस्पतालमा सर्वसाधारण र शुभेच्छुकहरुको भिड लागेको थियो । त्यो भिड मंगलबार बिहान पनि कायमै छ ।
देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्