ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानीका मुहान सफा गर्दै बारा खाने पर्व सिथी नख


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   १० : ४३   बजे

भक्तपुर, ५ असार । नेवार समुदायमा समयअनुसारको चाडपर्व र चाडपर्वअनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यस्तै पर्वमध्ये एक हो, सिथी नखः पर्व । सिथी नखः विशेष गरी मास मुगीका बारा खाने र पानीका मुहान इनार, धारा सफा गर्ने पर्व हो ।

ज्येष्ठ शुक्ल पक्षको षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्व नेवार समुदायको महत्वपूर्ण र नेवारी संस्कृतिअनुसार वर्षको अन्तिम पर्व पनि मानिन्छ । भगवान् कुमारको जन्म दिन समेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ ।

साथै चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको छ । त्यसैगरी, घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । यस दिन बारालगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धान खेती गर्न बल पुग्ने जनविश्वास रहँदै आएको छ ।

सिथी नखःको दिनले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । नेवारी परम्परामा वर्षको अन्तिम चाडका रुपमा मनाइने यस पर्वसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) शुरु हुने पर्वका रुपमा समेत यसलाई लिने गर्दछ ।

नेवार समुदायमा सिथी नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । पहिलो सिठी नखः अर्थात कुमार षष्ठी महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको श्रेष्ठ बताउनुहुन्छ ।

दोस्रो यसपर्व सँगै नेवार समुदायमा रोपाइँ शुरु भएको सन्देश दिने भएकाले किसान कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाती राखेर किसान अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफूलाई तयार पार्ने चाडका रुपमा रहेकाले पनि यसको विशेष महत्व राख्ने गरेको उहाँको कथन रहेको छ ।

सिथी नखःले परापुर्व कालदेखि पानीका मुहान सधैं सफा राख्नु पर्दछ, विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दूषित हुने भएकाले यसलाई सफा गरिनु पर्दछ भन्ने सन्देशसमेत सिथी नखःले दिने गरेको संस्कृतिकर्मी श्रेष्ठ बताउनुहुन्छ ।

त्यसैले, नेवार समुदायमा आजको दिन पानीको मुहान सफा गर्ने प्रचलनसमेत रहेको छ । यस दिन पानीका प्राकृतिक स्रोत इनार, कुवा, पोखरी र ढुंगेधारा सरसफाइ गरेर सिथी नखः पर्व मनाउने गरिन्छ ।

खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडका रुपमा समेत यसलाई लिन सकिने श्रेष्ठ बताउनुहुन्छ । मौसमअनुसारको पर्व र सोहीअनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलनअनुरुप सिठी नखःमा खाने बारा, चटामरीलगायतका परिकारले शरीरलाई तन्दुरुस्त राख्न मद्दत पुग्ने भएकाले पनि आजको दिनमा बारा, चटामरी खाने प्रचलन चलेको उहाँको भनाइ रहेको छ ।

यस दिन किसानले खेतबारीमा काम गर्दैनन् । एकाबिहानै घरमा रहेको गाईबस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पु¥याउने गर्दछन् । त्यसपछि आफ्नो घर सफा गरी बारालगायतका पकवान खाने चलन छ । यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने जनश्रुति रहेको पाइन्छ ।

सिथी नखःको दिनमा शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group