ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहारा सामग्री पाएपछि अपांगता भएकामा पलायो आशा


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ११ : ३८   बजे

बर्दिवास, ५ असार । नब्बे बर्ख’क उमर में इ सहारा भेटल’ (नब्बे वर्षको उमेरमा यो सहारा भेट्टाइयो) महोत्तरी जिल्लाको भंगाहा नगरपालिका–४, रामनगरका ९० वर्षीय उचितराय दनुवारले आँखा नदेख्नेको सहारा सेतो छडी टेक्दै भन्नुभयो ।

सोमबार महोत्तरी नेत्रहीन संघ बर्दिवास र नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीले आफ्नै बस्तीमा पुगेर आँखा नदेख्ने अपांगता भएकालाई हिँडडुलमा सहारा हुने सेतो छडी दिएपछि दनुवारलाई केही विशेष कुरा पाएको महसुस भएको छ ।

‘बौवा, इ त चलफिर में बड सहज बुझायत अछि’ (बाबु, यो त हिँडडुल गर्न साँच्चै सजिलो हुँदो रहेछ) सेतो छडी टेकेर अलिअलि टहलिँदै दनुवारले भन्नुभयो, साइठ बर्खक उमर में आँइख बन्द भेल बेर इ समान भेटित त जिनगी सायद एत्तेक बोझिल नई रहित” (साठी वर्षको उमेरमा आँखा गुमेको मलाइ त्यतिखेरै यो लठी भेटेको भए त्यसयता बिताएको जीवन सायद मैले भोगे जति बोझिलो हुन्थेन होला) । .

दनुवारजस्तै विभिन्न अंग अपांगता भएका भंगाहा नगर क्षेत्रकै अन्य ३३ जनाले एल्बो क्रचेज, ह्वीलचेयर, ट्राइसाइकल र वैशाखीसहितका सहारा पाएका छन् । “अपांगताकै कारण हिँडडुल गर्न नसक्दा कतिपय अवस्थामा आफ्नो जिन्दगी आफँैलाई बोझिलो लाग्थ्यो” जन्मँदै आँखा गुमाएका भंगाहा–४ कै ७० वर्षीय अर्जीलाल रायले सोमबार सेतो छडी घुमाउँदै भन्नुभयो–, “अब चैँ ठूलो रोगले सताएर लडाएन भने सेतो छडीको सहाराले ओरपर मज्जाले घुमफिर गरिने भो ।

भंगाहामा जस्तै आजै जिल्लाकै बर्दिवास नगरपालिकामा पनि यिनै दुवै संस्थाले ४५ जना अपांगता भएकालाई एल्बो क्रचेज, ह्वीलचेयर, ट्राइसाइकल र वैशाखीसहितका सहारा वितरण गरेको छ ।
बर्दिवासमा हिजो ७० वर्षको उमेरमा ह्वीलचेयर पाएपछि बर्दिवास–१ की डम्बरकुमारी श्रेष्ठ पनि फुरुङ्ग पर्नुभएको छ । ‘नानी गोडा चल्दैन, कुँजिएर बस्नुपथ्र्यो’ ह्वीलचेयरमा बसेर त्यसलाई हातको बलले गुडाउँदै श्रेष्ठले भन्नुभयो, “अब त यसो वरपर आँगन डुल्न पाइने भो ।

श्रेष्ठजस्तै बर्दिवास–९ पशुपतिनगरका ६९ वर्षीय सुमन मण्डल र बर्दिवास–५ माइस्थानकी ७२ वर्षीया सानुमाया बुढाथोकीलाई पनि आपूmले पाएको ह्वीलचेयरले अबको बाँकी जीवन अली सहज हुने आस जागेको छ । ‘बौवा बड् निक समान भेटल’ (बाबु, धेरै राम्रो समान पाँए) ६९ वर्षीय मण्डलले आफ्नो मातृभाषा मैथिलीमै भन्नुभयो, “आब बुढारी तनिक सहज होयत से आस जागल’ (अब बुढ्यौली अली सजिलो होला भन्ने आश पलायो) ।

आँखाको अपांगता भएकालाई सेतो छडी, हात÷गोडाको अपांग समस्या भएकालाई ट्राइसाइकल र ह्वीलचेयर, हातगोडाका जोर्नी र अन्य समस्या भएकालाई एल्बो क्रचेज र वैशाखी वितरण गरिएको नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिनुभयो ।

दुवै नगरपालिकामा यी सामग्री वितरण गर्न दुवै नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, राष्ट्रिय अपांग पुनःस्थापन समाज काठमाडौँ र समाज कल्याण परिषद्को राष्ट्रिय अपांग सहायता कोषले सहयोग गरेको दुबै आयोजक संस्थाले जनाएका छन् ।

अपांगता भएकालाई यी सामग्री वितरण गर्ने समारोहमा दुवै नगरपालिकाका प्रमुख (विदुरकुमार कार्की, बर्दिवास नगरपालिका र सञ्जिवकुमार साह, भंगाहा नगरपालिका), राष्ट्रिय अपांग पुनःस्थापना समाज काठमाडौँ र समाज कल्याण परिषद्को राष्ट्रिय अपांग सहायता कोषका प्रतिनिधि क्रमशः गोपाल भण्डारी र सुगम भट्टराईको उपस्थिति थियो ।

दुवै कार्यक्रमको अध्यक्षता महोत्तरी नेत्रहीन संघका अध्यक्ष वीरेन्द्र महतो र सञ्चालन पनि आँखाकै अपांगता भएका भविष्यकुमार झाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Experts Outline Paths Toward Pro-Animal Foreign Policy

Progressive Guide Urges Rethinking of Holidays to Align with Values

Documentary ‘Cycle’ Examines Pursuit of Justice After Police Shooting

Australian Music Charts Ban Fully AI-Generated Songs

Libyan Factions Reach Preliminary Election Pact Despite Deep Divisions

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu