काठमाडौं, ५ असार । काठमाडौंको लाजिम्पाटनमा युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् ।
घाइते हुनेमा काठमाडौंको चंगोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
युनिसेफको ६६–०–००८२ नम्बरको कारले मोटरसाइकलाई ठक्कर दिँदा चालक नेपाल घाइते भएका थिए । दुर्घटनाबाट मोटरसाइकलको अगाडि पट्टीको भाग टुक्राटुक्रा भएको थियो । कार चालक नेदरल्याण्डका नागरिक भएको प्रहरीको भनाइ छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्