काठमाडौं, असार ५ । सोमबार निधन भएका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पत्नी डा मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिए ।
पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा उनको दाहासंस्कार गरिएको हो । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्यामा पशुपति आर्यघाट पनि पुगेको थियो ।
डा देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्