ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ५ : ०६   बजे

जाजरकोट, ५ असार । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् ।

जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भू-भाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अवरुद्ध भएर (२०६६) देखिमात्र पुनः रेखाङ्कन निर्धारण भई सडक निर्माण कार्य शुरु गरिएको थियो ।

भेरी करिडोरअन्तर्गत रहेको यस सडकखण्डको ११७.५ किलोमिटर सडकमध्ये ११५.७ किलोमिटर निर्माण पूरा भएको छ । जाजरकोट–डोल्पा सडक निर्माण २०६५ सालदेखि शुरु भएको थियो ।

जाजरकोटदेखि डोल्पाको दुनैसम्मको ११७ दशमलव ५ किलोमिटर लम्बाइ रहेको निर्माणाधीन जाजरकोट डोल्पाको सडकमध्ये हालसम्म ११५.७ किलोमिटर सडकको मार्ग खोल्ने काम सम्पन्न भई हलुका सवारीसाधन जिप र ट्र्याक्टर सञ्चालनमा आइसकेका छन् ।

यातायात सञ्चालनमा ल्याइएसँगै वर्र्षौंदेखिको सडक सञ्जालमा जोडिने डोल्पालीको सपना विस्तारै पूरा हुँदै गइरहेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, ६ र १ मा पर्ने सिउडेनी चिप्लेभिरदेखि धाउन्ने चुगाडसम्मको दुई किलोमिटर सडक मार्ग खोल्न कडा चट्टान छिचोल्दै सडक निर्माण कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ ।

डोल्पालीले यातायात नहुँदा खेप्नुपरेको समस्यालाई मध्यनजर राख्दै त्रिवेणी करोपगाड हुँदै खदाङको हरियापानीसम्मको सडकखण्डमा जिप ट्र्याक्टरलगायत हल्का सवारीसाधन र खदाङदेखि चिप्लेभिरसम्मको सडकखण्डमा ट्र्याक्टर सञ्चालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताउनुभयो ।

डोल्पा भूभागमा पर्ने त्रिवेणी करोपगाड हुँदै खदाङसम्मको १५ किलोमिटर सडकमा यातायात सञ्चालनमा ल्याइएसँगै नेपालगञ्ज–डोल्पाको यात्रासमेत छोटिएको छ । निर्माणाधीन जाजरकोट–डोल्पा सडकको चिप्लेभिरदेखि धाउन्ने चुगाँडसम्मको बाँकी दुई किलोमिटर चट्टाने भिर खोल्ने कार्य भदौ महिनाभित्रमा सम्पन्न गरी असोजको पहिलो सातामा सडक सम्पन्न गरेर २०७५ को दशैँ र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनैसम्मलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेनाले जनाएको छ । जाजरकोट–डोल्पा निर्माणाधीन सडक राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको छ ।

भारतको रुपैडिहा जमुना नाका हुँदै उत्तरी चीन सीमा नाका डोल्पाको धोमोरिम्लासम्मको सडकलाई भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राखिएमा त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकका रुपमा रहेको छ ।

जडीबुटीको भण्डारका रुपमा रहेको डोल्पा सडक सन्जालसँग जोडिएमा जडीबुटी निर्यातमा सहज भई डोल्पाली आर्थिक समृद्धितर्फ लम्किने कर्णाली प्रदेशका सभासद् वदमीक्वारा बुढाको भनाइ छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसार र यातायातको अभावमा आझेलमा परेको शे–फोक्सुण्डो ताल भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरसमेत रहेकाले सडक सञ्जाल पुगेपछि भारतीय तथा तिब्बती पर्यटक डोल्पा पुग्ने विश्वास स्थानीयवासीको छ ।

पाँचवटा ठूला र पाँचवटा साना मोटरेबल पुल नबनेसम्म सडक निर्माण सम्पन्न हुने अवस्था नरहेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले बताउनुभयो ।

चीन र भारतलाई भेरी करिडोरले जोड्ने

भारतको रोपैडिया जमुनाहदेखि शुरु भएको सो सडक डोल्पाको धो मरिम्ला चीनको सिमानासम्म पुग्नेछ । सो सडकको त्रिदेशीय महत्व छ । कर्णाली प्रदेशको सबभन्दा महत्वपूर्ण सडकका रुपमा रहेको उक्त सडक एक वर्षभित्र दुनै पुग्ने विश्वास डोल्पाकी सांसद सत्या पहाडीको छ । बजेट न्यून रहेका कारण डोल्पाको विकास हुन नसकेको उहाँको भनाइ छ । भौगोलिकरुपमा टाढा र सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu