ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका


एबीसी न्यूज
४ श्रावण २०८३, सोमबार   १२ : २७   बजे

काठमाडौं ४ साउन । अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएयता शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलो पटक काठको प्रयोग गरी निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ । गाजा सिटीमा स्थापना गरिएको ‘फ्रेन्ड्स अफ प्यालेस्टाइन’ विद्यालयले पुनः प्रयोग गरिएका काठका सामग्रीबाट कक्षाकोठा र डेस्क–बेन्च निर्माण गरी विद्यार्थीहरूलाई औपचारिक सिकाइ वातावरणमा फर्काएको हो । गाजामा जारी युद्धका कारण अधिकांश विद्यालय भवनहरू ध्वस्त भएका छन् वा विस्थापित परिवारका लागि आश्रयस्थलमा परिणत भएका छन् । यस्तो अवस्थामा कतिपय स्थानमा पालभित्र अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिए पनि त्यहाँ डेस्क, बेन्च र आवश्यक शैक्षिक सामग्रीको अभाव रहँदै आएको थियो । हाल यो नयाँ विद्यालयमा करिव ८५० जना विद्यार्थीहरू अध्ययनरत छन् । 
लामो समयपछि कक्षाकोठामा फर्किएकी १२ वर्षीया छात्रा सारा अल–हसानीले भनिन्, ‘डेस्कमा बसेर पढ्न पाउँदा युद्धअघिको विद्यालयको याद आएको छ । विगतका महिनाहरूमा हामीले पालमुनि बसेर पढ्नुपरेको थियो, तर अहिले ह्वाइटबोर्ड र डेस्क भएको वास्तविक कक्षाकोठामा हुँदा सामान्य जीवनमा फर्किएको आभास भइरहेको छ ।’
अर्की छात्रा सिला अल–हदादले पनि पालको तुलनामा काठको कोठामा गर्मी र हावाहुरीबाट जोगिन सहज भएको र पढाइमा ध्यान केन्द्रित गर्न सजिलो भएको बताइन् । 
वेफाक ह्युमानिटेरियन फाउण्डेसन नामक गैरसरकारी संस्थाले निजी चन्दाको सहयोगमा यो विद्यालय निर्माण गरेको हो । निर्माण सामग्रीको चरम अभावका बीच काठको संरचना प्रयोग गरिएको यस विद्यालयले धेरैभन्दा धेरै विद्यार्थीलाई समेट्न तीन सिफ्टमा कक्षाहरू सञ्चालन गरिरहेको छ । 
संस्थाका मिडिया निर्देशक मुस्तफा अल–मलाहीकाअनुसार, उपयुक्त काठको अभाव र निरन्तरको विद्युत् कटौतीका कारण विद्यालय निर्माणमा करिब दुई महिना लागेको थियो । आर्थिक स्रोत जुटेमा गाजाकै अल–नासर क्षेत्रमा यस्तै अर्को विद्यालय निर्माण गर्ने लक्ष्य संस्थाले राखेको छ । शिक्षिका नार्मिन खामिस मोहम्मदले विद्यालयको शुरुवातलाई बालबालिकाको मानसिक स्थिरताका लागि महत्वपूर्ण कदम मान्छिन् । 
गाजास्थित सञ्चार कार्यालयको तथ्यांकअनुसार युद्ध शुरु भएयता गाजाका सबै विद्यालयहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट ६ लाख २० हजारभन्दा बढी विद्यार्थीको नियमित शिक्षा अवरुद्ध भएको छ भने २० हजारभन्दा बढी विद्यार्थीले ज्यान गुमाइसकेका छन् । प्रतिकूल परिस्थितिका बाबजुद ‘फ्रेन्ड्स अफ प्यालेस्टाइन’ विद्यालयले गाजाका हजारौँ बालबालिकाका लागि शिक्षाको नयाँ किरण प्रदान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै

भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट तीन बालबालिकासहित चार जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu