ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन हुने


bhawani desk
५ असार २०७५, मंगलबार   ५ : ५०   बजे

धनगढी, ५ असार । प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ ।

प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६को बजेट तथा कार्यक्रममा उक्त प्रदेशमा पर्यटकीयस्थलको प्रवद्र्धन र विकास गर्न पर्यटन बोर्ड स्थापना गरी पर्यटनका गतिविधि सञ्चालन गरिने उल्लेख छ ।

यसका लागि प्रदेशका नौवटै जिल्लामा पर्यटनका पूर्वाधार पहिचान तथा निर्माणका लागि रु १६ करोड ५० लाख विनियोजन गरिएको छ ।

यो प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महाकाली, कर्णाली, सेतीलगायतका नदीमा ¥याफ्टिङ (जलयात्रा) र पहाडी जिल्लामा प्याराग्लाइडिङजस्ता क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि सरकारको छ ।

नेपालको सबैभन्दा लामो तथा बढी पानीको सतह भएको कर्णाली नदीको कैलाली चिसापानीदेखि टीकापुरसम्मको भागमा जलयात्राका लागि निकै उपयुक्त देखिएको छ । यद्यपि अहिलेसम्म यो नदीमा व्यावसायिकरुपमा जलयात्रा सञ्चालन हुन सकेको छैन ।

प्रदेश सरकारको बजेट नीति कार्यक्रममा प्रदेशका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रलाई समावेश गरी धार्मिक पर्यटनको प्रवद्र्धन, पूर्वाधार विकास गर्ने नीतिअनुरुप सम्भाव्यता अध्ययन भई पहिचान भएका धार्मिक पर्यापर्यटन करिडोरको पूर्वाधार विकास गरिनेसमेत उल्लेख छ ।

धार्मिक एवं पर्यटकीयस्थल खप्तड क्षेत्रको प्रवद्र्धन गरी पर्यटनको विकास एवं रोजगारीका अवसर सिर्जना गर्न ‘खप्तड बाहिरी रिङ्रोड’ आयोजना सञ्चालन गरिने पनि बजेट कार्यक्रममा उल्लेख छ ।

डोटी, बझाङ, बाजुरा र अछाम जिल्लाको केन्द्रबिन्दुमा रहेको यो क्षेत्रमा ‘खप्तड बाहिरी रिङ्रोड’ आयोजना सञ्चालनका लागि रु पाँच करोड विनियोजन गरिएको छ ।

पर्यटन प्रवद्र्धनसम्बन्धी आवश्यक पूर्वाधार जुटाउन नसकिएका कारण प्रदेश नं ७ पर्यटकको गतिविधि न्यून रहेको छ ।

निजी क्षेत्र कैलाली उद्योग वाणिज्य संघको पहलमा एक दशकदेखि यो प्रदेश (साविक सुदूरपश्चिम)मा रहेका पर्यटकीय गन्तव्यस्थलको आकर्षक तस्वीरसहितका ‘पोष्टर’ प्रकाशन गरी प्रचारप्रसार हुँदै आए पनि प्रचारप्रसारको कामबाहेक पर्यटन प्रवद्र्धनका लागि अपेक्षित उपलब्धि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group