ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह : नेपालमा आएर ढुक्कसँग लगानी गर्नुहोस


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ६ : ३६   बजे

बेइजिङ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ ।
६ दिने भ्रमणको क्रममा चीनको राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीले नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा उपस्थित चिनिया लगानीकर्तालाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो । नेपालमा स्थीर सरकार बनेसँगै लगानीको वातावरण बनेको भन्दै ओलीले ढुक्कसँग नेपालमा लगानी गर्न आउन निम्ता दिनुभयो ।
नेपालले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको दोहोर्‍याउँदै उहाँले चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको समेत बताउनुभयो । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ्स ९बीआरआई० मा आबद्ध भइसकेकोले अब ठूला लगानी र हिमालपारिको कनेक्टीभिटीमा जोड दिनुपर्ने बताउनुभयो।
चिनियाँ भाषामा नै सम्बोधनको पहिलो लाइन वाचन गरेर प्रधानमन्त्रीले उपस्थित चिनियाँको ध्यान केन्द्रित गनुभएको थियो। प्रधानमन्त्री ओलीले चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुईपक्षीय सहकार्य अघि समेत बताउनुभयो।
उहाँले यातायातमार्फत जोडिन सके नेपाल चीन सम्बन्धले नयाँ आयाम लिने विश्वास व्यक्त गर्नुभयो । विकासको महत्वपुर्ण पुर्वधार यातायात मार्फत जोडिन सके आयात निर्यातसंगै देशको उत्पादकत्व बढ्ने, कम लागत, लगायत बहुआयामिक रुपमा दुबै मुलुकका लागि महत्वपुर्ण हुने पनि उहाँले बताउनुभयो । विश्वको दोस्रो ठुलो आर्थिक रुपमा शतिmशाली चीनसंग यातायात पहुच पुर्याउन सके आयात निर्यातका लागि पनि नेपाल विश्वको महत्वपुर्ण केन्द्र बन्ने दावी गर्नुभयो ।

कार्यक्रममा चीन भ्रमणमा आएका नेपाली टोली, चिनियाँ उच्च अधिकारी, नेपाललाई माया गर्ने र नेपालबारे चासो राख्ने चिनियाँहरु, व्यापारी तथा लगानीकर्ता, चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उपस्थिति थियो।

प्रधानमन्त्री ओलीले ‘लुक वी’ नामक पत्रिकाको विमोचन समेत गर्दै बेइजिङस्थित नेपाली दूतावासको विच्याटको शुभारम्भ गर्नुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने चिनियाँ समकक्षी लि खछ्याङसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता गर्ने कार्यक्रम छ। यस अलावा उहाँले बेइजिङमा हुने विविध कार्यक्रममा सहभागिता रहने छ ।

ओलीको सम्बोधन अंग्रेजीमा भए पनि त्यसको चिनियाँ भाषामा उल्था समेत गरिएको थियो।

चीनीया प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मंगलबार चीन पुग्नुभएका प्रधानमन्त्री ओलीलाई चीनका विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group