ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेलाई तीन वर्ष कैदसहित तीस हजार जरिवाना हुन सक्ने ! कारण यस्तो छ


एबीसी न्यूज
६ असार २०७५, बुधबार   २ : १३   बजे

काठमाडौं, असार ६ । छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुऱ्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ ।

‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ तर प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामछिाने कानुनी कारबाहीको भागी बन्ने सम्भावना देखिएको हो ।

कुमुद लोहनी र लक्ष्मण विकको नाममा प्रेस काउन्सिलमा परेको उजुरीमा रवि लामिछानेमाथि व्यक्तिको घर-कार्यालयमा बलजफ्ती घुस्ने गरेको र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिईकन नेपालमा अवैध रूपले काम गरिरहेको आरोप लगाउँदै उनलाई कानुनीबमोजिम कारबाही गर्न माग गरिएको छ ।

उजुरी परेपछि प्रेस काउन्सिलले छानबिन तथा कारबाहीको आवश्यक प्रक्रिया अघि बढाएको छ । हालसम्मको छानबिन तथा अनुसन्धानबाट रवि लामेछानेले तीनवटा कानुन उल्लङ्घन गरेको दाबी प्रेस काउन्सिलको छ ।

काउन्सिलको एक सूत्रले जनाए अनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न ‘वर्कपरमिट’ लिनुपर्नेमा अहिलेसम्म लिएका छैनन् । दोस्रो, उनले प्रेसपास लिएका छैनन् र तेस्रो, लामिछानेले प्राप्त गरेको ‘नाता भिसा’ लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन ।

उजुरीमाथि छानबिनका क्रममा रवि लामछिानेले प्रेस काउन्सिललाई दिएको जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलाई स्तब्ध र आश्चर्यचकित बनाएको छ । लामिछानेले काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक होइन ।

नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को कुरा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’

काउन्सिलका पदाधिकारीमाथि आक्रोश प्रकट गर्दै लामिछानेले पत्रमा लेखेका छन्, ‘मानिसलाई ब्ल्याकमेलिङ गरेर आत्महत्यासमेत गर्नुपर्ने स्थितिमा पु¥याएको मानिस पत्रकारिताको नाममा लुट्ने ढोंगी हो भन्ने कुरामा मृत्युपर्यन्त विश्वास गर्छु र ढोंगीहरूले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्नँ ।

मेरो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको र चार वर्षदेखि नियमित रूपले नेपाल बस्ने गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छु । उनान्सय प्रतिशत जनताले स्यावासी दिएको टेलिभिजन कार्यक्रम नेपालको इतिहासमा बनेकै छैन । ज्यानको बाजी लगाएर अहोरात्र खटेर लाखौँ जनताबाट पाएको स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ । अहिलेको अवस्थामा प्रेस पास लिनभन्दा म यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न तयार छु ।’

लामिछानेले प्रेस काउन्सिलको पत्रलाई यसरी जवाफ दिएपछि काउन्सिलले कारबाहीका निम्ति कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढाएको बुझिएको छ । यसैक्रममा अध्यागमन विभागले मंगलबार (असार ५ गते २०७५) प्रेस काउन्सिललाई पत्र लेखी रवि लामिछानेले जुन काम गरिरहेका छन् त्यस्तो गर्न नपाउने स्पष्ट गरेको छ ।

चलानी नं. १५२७ को पत्रमा अध्यागमन विभागले लेखेको छ, ‘अमेरिकी राहदानी नम्बर ५१२९६६९८१ बाहक रवि लामिछानेलाई यस विभागबाट सन् ०४ अक्टोबर २०१८सम्म अवधि रहेको गैरपर्यटक (नातेदार) भिसा जारी गरिएको छ ।

लामिछानेले काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक होइन । नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को कुरा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’

साथै अध्यागमन नियमावली २०५१ को दफा २० को (१) मा यस नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउनेछैन र ऐऐको (२) मा ‘यस नियमावलीबमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको जानकारीका लागि आदेशानुसार अनुरोध छ ।’

गृह मन्त्रालयले मिति २०७४ पुस १३ गते एक पत्र (च.नं. १०३१) लेखि सञ्चार मन्त्रालयसँग राय मागेको थियो । शाखा अधिकृत चन्द्रप्रसाद बस्यालले दस्तखत गरी सञ्चार मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘नाता भिसाको आधारमा गैरपर्यटकीय भिसा प्राप्त गरी अमेरिकी नागरिक मिस्टर रवि लामछिाने (पासपोर्ट नम्बर ५१२९६६९८१) लाई मिडिया क्षेत्रमा रही कार्य गर्ने सहमति दिने सम्बन्धमा तहाँको राय-प्रतिक्रिया उपलब्ध गराइदिनुहुन आदेशअनुसार अनुरोध छ ।’

गृह मन्त्रालयको यस्तो पत्रको जवाफ दिँदै मिति २०७४ पुस २५ गते सञ्चार मन्त्रालयले लेखेको पत्र (च. नं २०५) मा भनिएको छ, ‘न्युज ट्वान्टी फोरमा काम गर्न चाहेका मिस्टर रवि लामेछानेलाई काम गर्ने सम्बन्धमा राय-प्रतिक्रिया माग भइआएकोमा नेपाली मिडियामा काम गर्ने नेपालमै पर्याप्त जनशक्ति रहेको व्यहोरा मिति २०७४-९-२१ मा नेपाल सरकार राज्यमन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध गर्दछु ।’ गृह मन्त्रालयलाई लेखिएको यस्तो व्यहोरामा सञ्चार मन्त्रालयका शाखा अधिकृत सुरेशबाबु घिमिरेले दस्तखत गरेका छन् ।

विदेशी नागरिकता भएका व्यक्तिले यसरी वर्क परमिट नलिईकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने ‘वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानुन’अनुसार रविलाई कारबाही हुने सम्भावना छ ।

सूचना विभागले २०७४ चैत १ गते प्रेस काउन्सिललाई पत्र लेखी ‘रवि लामिछाने न्युज ट्वान्टी फोरले यस विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको अभिलेखमा नदेखिएको’ भनेको थियो ।

सूचना विभागले नै गत जेठ ३ गते प्रेस काउन्सिललाई अर्को एउटा पत्र लेखी ‘श्रमजीवी पत्रकार ऐन २०५१ को पहिलो संशोधनको दफा ‘२ घ’ मा श्रमजीवी पत्रकार भन्नाले सञ्चारसम्बन्धी सेवालाई प्रमुख व्यवसाय बनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण या आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने, कार्यक्रम निर्माता, निर्देशक, सञ्चालक, दृश्य या भाषा सम्पादकसमेतका व्यक्तिलाई जनाउँछ’ भनी स्पष्ट गरेको छ ।

सो पत्रमा ‘न्युज ट्वान्टी फोर टेलिभिजनले मिति २०७४ असार १ गते आर्थिक वर्ष २०७४÷०७५ का लागि दरबन्दी र श्रमिजीवी पत्रकारको नाम थर रवि लामिछाने, पद वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता, नियुक्तिको किसिम स्थायी’ उल्लेख भइआएको व्यहोरा अनुरोध छ भनी शाखा अधिकृत रूपा विकले दस्तखत गरेकी छिन् । यस पत्रबाट रवि लामिछाने न्युज ट्वान्टी फोर टेलिभिजनका स्थायी सञ्चारकर्मी भएको स्पष्ट गर्दछ ।

विदेशी नागरिकता भएका व्यक्तिले यसरी वर्क परमिट नलिईकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने ‘वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानुन’अनुसार रविलाई कारबाही हुने सम्भावना छ । अनुमतिबिना कसैको तस्बिर खिच्न र अरूको आवासमा अनुमतिबिना प्रवेश गर्न नहुने व्यवस्था उक्त कानुनले गरेको छ । यसमा व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार जरिवानामध्ये कुनै एउटा या दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

के अब रवि लामिछानेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना तिराउने सजाय हुन सक्ला त, जिज्ञाशाको विषय बनेको छ । यस्तो स्थिति उत्पन्न भएमा घटना दुःखदायी मानिनेछ । कानुनी प्रावधानअनुरूप अघि बढ्न लामिछानेले तत्परता लिएको अवस्थामा भने सम्भावित दुर्घटना टर्ने विश्वास गर्न सकिन्छ । यो सामग्री घटना र विचार अनलाइनबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group