ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यून आय भएका दलित तथा एकल महिलालाई तालीम


bhawani desk
६ असार २०७५, बुधबार   ४ : ३९   बजे

काठमाडौँ, ६ असार । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले न्यून आय भएका, दलित महिलालाई सशक्त बनाउन विभिन्न किसिमका उद्यमशील तालीम सञ्चालन गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिका र काठमाडौँ घरेलु तथा साना उद्योग संघको संयुक्त आयोजनामा आजदेखि शुरु भएको तालीममा प्रत्येक वडाबाट बढीमा १५ महिला सहभागी छन् ।

आजदेखि कामपाको ३२ वडामध्ये ११ वटा वडामा तालीम भइरहेको छ । तालीम सञ्चालन हुने वडामा वडा नं २, ३, ४, ५, ६, ७, ८, १०, १३, १४, र २६ रहेका छन् ।

कामपाका कार्यवाहक प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले वडामा एक÷दुई जनालाई तालीम दिएर परिणाम मापन गर्न नसकिएको हुँदा इच्छुक जो कोहीलाई पनि तालीममा सहभागी गराएर व्यवस्थित र योजनाबद्ध सीप सिकाउने उद्देश्य रहेको जानकारी दिनुभयो ।

कामपा वडा नं १४ अध्यक्ष शोभा सापकोटाले समाज रुपान्तरणका लागि आर्थिक उपार्जनका कार्यक्रम आवश्यक रहेकामा जोड दिनुभयो ।

तालीममा सहभागी सबै महिला न्यून आय, दलित र एकल महिलालाई प्राथमिकता दिएर छनोट गरिएको बताउँदै घरेलु तथा साना उद्योग संघ काठमाडौँकी अध्यक्ष सीता कार्कीले १५ दिनसम्म सैद्धान्तिक कक्षा सञ्चालन गरिने र बाँकी पाँच दिन उत्पादित सामान बजारमा पु¥याइ बिक्रीसम्बन्धी ज्ञान दिलाउने योजना रहेको जानकारी दिनुभयो ।

जुत्ता, चप्पल तथा व्याग, मोतीका माला, साबुन र अचार बनाउने, जेरी पकाउने , नेपाली कागजबाट गहना बनाउने, ढाका बुनाइ, सौन्दर्यकर्मीजस्ता तालीम सञ्चालन हुनेछ । यसअघि पनि कामपाले थोरैको संख्या र छोटो समयका लागि तालीम सञ्चालन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group