चितवन, ६ असार । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घट्नामा संलग्न छ जना भन्दा बढीलाई पक्राउ गरेको छ ।
प्रक्राउ परेका मध्य प्रहरीले समाजमा विकृती फैलाउने र गैरकानुनी गतिविधिमा संलग्न रहेकोे आरोपमा लागूऔषध ओसारपसारमा संलग्न एक युवक सहित पाँच जनालाई कार्वाहीको प्रक्रियालाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुशील सिंह राठौरले बताए ।
प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई समेत पक्राउ गरेको जनाएको हो । लागू औषध सहित पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ तेह्रसाल चोकबस्ने बर्ष ३३ को मनिश गुरुङ्ग रहेका छन् ।
प्रहरीले उनको साथबाट डाइजेपाम ३० एम्पुल , ब्युपिनफिर्न ३० एम्पुल र फेनारगन ३० एम्पुलसहित मंगलबार दिउँसो ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई लागूऔषध (नियन्त्रण ऐन ) २०३३ अन्तर्गत मुद्दा दर्ता गरी कार्वाही प्रक्रियालाई अगाडि बढाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
साथै, समाजलाई सुन्दर एवं शान्त बनाउने उद्देश्यले ( थ्रि एस अप्रेशन ) बाट खटिएको प्रहरीको विशेष टोलीले मोबाईल पसल सञ्चालनमा ल्याई समाजलाई बिकृती बनाउने उद्देश्यका साथ अश्लील भिडियो हाली समाजलाई तंरगीत पार्ने दुई जना लाई समेत पक्राउ गरेको राठौर बताउनुहुन्छ ।
यस्तै, सोही टोलीबाट खटिएको प्रहरीको बिशेष टोलीले केटी मिलाइदिने र उक्त केटी सित बस्ने भए एक रातको दस हजार रुपैयाँ पर्छ भन्दै रकम असुल्ने बर्ष ३७ को एक महिलासहित दुई पुरुषलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार यसरी पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २४ को राजकुमार चौधरी र सोही ठाउँमा बस्ने बर्ष १९ को डेविट सिलवाल रहेका छन् । चितवनमा एसपी राठौरले कार्यभार सम्हालेपछी शान्ति सुरक्षाको अनुभव भएको स्थानिबासी बताउछन् ।
प्रतिक्रिया दिनुहोस्