कञ्चनपुर, ७ असार । बेलौरी नगरपालिका-८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराको बिरुवा बिक्री गरी मनग्य आम्दानी लिएका छन ।
नर्सरीमा रु तीन लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी रु १० लाख आम्दानी लिएका हुन ।उनले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन गरेका छन । छ वर्षदेखि टिस्युकल्चर गरिएका केराको बिरुवा तयार गरी रानाले किसानलाई बिक्री गर्दै आएका छन ।
नर्सरीमै आएर किसानले बिरुवा खरिद गर्ने गरेका छन् । नर्सरीबाट प्रति बिरुवा रु ४० का दरले बिक्री हुँदै आएको छ । नगरपालिकाको कृषि शाखाले केराको नर्सरीका लागि टनेल निर्माण गर्न रु ४० हजार अनुदान उपलब्ध गराएको कृषि शाखाका प्राविधिक हरिश सेटीले बताएका छन ।
शाखाको रु ४० हजार तथा किसानको रु ४३ हजार लागतमा बिरुवा तयार गर्न टनेल निर्माण गरिएको हो । बिरुवा उत्पादन गर्न कृषि शाखाले रानालाई प्राविधिक सल्लाह दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्