ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकै जोन कार्यक्रम प्रभावकारी बन्दै


एबीसी न्यूज
७ असार २०७५, बिहिबार   १ : १९   बजे

नेपालगञ्ज, ७ असार । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

आर्थिक वर्ष २०७३÷७४ देखि सञ्चालन भएको सो परियोजनाको प्रारम्भमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर जग्गामा मकै खेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ६२१ हेक्टरमा मकै खेती गरिरहेका छन् ।

बाँकेका कृषि आधुनिकीकरण परियोजना प्रमुख देवेशकुमार मिश्रका अनुसार, दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका एक हजार ३४३ कृषक आबद्ध भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, वनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ । परियोजना कार्यक्रमअन्तर्गत कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा आगामी आवदेखि बर्खे मकै खेतीका लागि ४० कृषक समूह छनोट गरिएको छ ।

“मकै खेती हुँदै आएको बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा परियोजनाले जिल्लालाई मकै जोनका रुपमा छनोट गरेको हो,” मिश्रले भन्नुभयो ।

जिल्लामा सञ्चालित मकै जोन कार्यक्रमअन्तर्गत कृषकलाई किटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा उपलब्ध गराइँदै आएको छ भने मकै खेतीसम्बन्धी प्राविधिक ज्ञानसमेत कार्यालयले प्रदान गर्दैआएको छ ।

अनुदान सहयोगअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका– १५ को विजय नर्सरी फर्म, वडा नं २२ पुरैनीमा मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्र्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

सम्बन्धित

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu