ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक वन पर्यटकीय क्षेत्र बन्दैछ


bhawani desk
७ असार २०७५, बिहिबार   ३ : ०६   बजे

 विराटनगर, ७ असार । सरकारले पर्यटनका लागि वन क्षेत्रलाई महत्व दिएसँगै मोरङ जिल्लामा रहेका सामुुदायिक वनहरु पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको छ ।
जिल्ला वन कार्यालय, स्थानीय निकाय र सामुदायिक वन समितिहरुले वनभित्र रहेका सिमसार, ताल तथा पोखरीहरुलाई विस्तार एंव व्यवस्थित गर्न लगानी गर्न थालेका छन् । जिल्लामा रहेका अधिकाँश सामुुदायिक वनले वनक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार एवम् व्यवस्थित गर्न शुुरु गरेका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको शान्ति भुुल्के सामुुदायिक वनले अतिक्रमण गरी निर्माण गरिएका घरटहरा खालि गरी पोखरी, पार्क, वनभोज स्थल तथा चिडिया घर बनाउने कामलाई तीव्रता दिएको छ ।

यसैगरी, भारतीय सीमा क्षेत्रसँग जोडिएको रंगेली नगरपालिकामा रहेको सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गोल्डेनपार्क निर्माणसहितको योजनालाई अघि बढाइएको छ । सामुदायिक वनका सहसचिव बद्रीनारायण राजवंशीले रु पाँच करोडको लागतमा पार्क बनाउने योजना एक वर्षअघिदेखि शुरु गरेको जानकारी दिनुभयो ।

त्यस्तै, कानेपोखरी गाउँपालिकामा रहेको ग्रामीण सामुुदायिक वनले वन क्षेत्रभित्र रहेको ऐतिहासिक कानेपोखरी र भलुुवा सिमसार क्षेत्रमा पर्यटकको आकर्षण वृद्धि गर्न पूर्वाधार निर्माणको काम अगाडि बढाइएको उपभोक्ता समितिका अध्यक्ष नवीन राईले बताउनुुभयो ।

जिल्लामा रहेका विभिन्न सामुुदायिक वनले वन क्षेत्रमा रहेका खाली जग्गालाई पर्यटकीय स्थलमा परिनत गरी छिमेकी भारतीय तथा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाउन शुरु गरेका छन् ।

सामुदायिक वनबाट काठ दाउरा जस्ता वन पैदावारसँगै पर्यटकलाई भित्र्याएर आम्दानीको स्रोत बढाउन मार्ग प्रशस्त गर्न बजेट उपलव्ध गराउँदै आएको जिल्ला वन कार्यालयकी सहायक वन अधिकृत सरोजकुुमारी कोइरालाले बताउनुुभयो ।

सामुुदायिक वन क्षेत्रभित्र पर्यटकीय स्थल निर्माण हुुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सहज हुुनेछ भने दिगो वन व्यवस्थापनमा समेत यसबाट मद्दत पुुग्नेछ ।
सामुदायिक वन पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदा यहाँ आउने पर्यटकबाट स्थानीय उत्पादन तथा घरेलु सामग्रीसमेत खपत गरिदिने भएकाले रोजगारी समेत उपलब्ध हुनेछ । पर्यटकको आगमनले रोजगारी सँगसँगै उनीहरुको आर्थिक हैसियत पनि बढ्ने विश्वास सामदायिक वन क्षेत्रका बासिन्दाहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group