ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवीय कारणबाट असी प्रतिशत सवारी दुर्घटना


bhawani desk
७ असार २०७५, बिहिबार   ४ : २४   बजे

काठमाडौँ, ७ असार। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।

नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको हो । जसमध्ये काठमाडौँ उपत्यकामा मात्र ज्यान गुमाउनेको संख्या १६८ रहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजनामा ‘सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी एकदिने सम्मेलन’मा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले कानूनको पालना र अनुशासनका साथ यात्रा गरे सवारी दुर्घटनामा कमी आउने बताएका छन । प्रतिस्पर्धाका कारण सवारी चलाउँदा दुर्घटनामा वृद्धि भएको उनको भनाइ छ ।

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती, आकाशे पुल निर्माण, बसस्टपको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले काम गरिरहेको उनको भनाइ छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र सवारी दुर्घटनामा कमी आउने बताएका छन ।

यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले चालककै कारण धेरैै दुर्घटना हुने भएकाले यसलाई रोक्न सकेमात्र पनि सवारी दुर्घटना कम हुने बताएका छन।

नागरिक अगुवा कनकमणि दीक्षित, हाँस्य कलाकार किरण केसीलगायतले धेरै सवारी साधन र साँघुरो बाटोका कारण सवारी दुर्घटना बढेको भन्दै सार्वजनिक सवारी साधनको विकास गरी साना सवारी साधनलाई विस्थापित गर्ने बाटोमा सरकार लाग्नुपर्नेमा जोड दिएका छन।

महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले सार्वजनिक सवारी साधनमा हुने महिला हिंसा रोक्न महानगरीय प्रहरी कार्यालयले विशेष योजना बनाएर लागू गर्न लागेको बताएका छन ।

मुलुकमा हुने कूल दुर्घटनाको आधा दुर्घटना काठमाडौँमा हुने गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तभित्र उपत्यकामा पाँच हजार ७८१ दुर्घटनामा परी १६८ जनाको मृत्यु र चार हजार ९९ जना घाइते भएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिनुभयो । “कूल दुर्घटनाको ८० प्रतिशत दुर्घटना मानवीय कारणबाट हुने गरेको उनले बताए ।

सवारी दुर्घटनाबाट मुलुकभर प्रत्येक दिन औशतमा सात जनाको मृत्यु हुने गरेको छ । हाल नेपालभर ३० लाख ५२ हजार ३९७ र काठमाडौँ उपत्यकामा मात्र झण्डै ११ लाख सवारी साधन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group