महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले लुटेरा समुहलाई पक्राउगर्ने क्रममा गोली लागेर एकजना घाईते भएको पुष्टि गरे। उनले भने ‘केही समय अघिमात्र भएको घटना हो, बिस्तृत विवरण आउदैछ,’। उनका अनुसार सुन र डलर लुटने योजनाका साथ भेला भएका समुहलाई पक्राउगर्ने क्रममा घटना भएको हो।
महाशाखाले जेठ २५ मा भक्तपुरमा भएको १८ लाख लुटपाटका आरोपी खोज्नेक्रममा मुठभेड भएको जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङका वीरेन तामाङको १८ लाख रुपैयाँ लुटने समुहका नाईके अस्मिल भएको जनाएको हो। सस्तोमा डलर साट्ने भन्दै चाँगुनारायण नगरपालिका पुगेका तामाङको १८ लाख रूपैयाँ अस्मिलको समुहले लुटेर फरार भएको थियो।
प्रतिक्रिया दिनुहोस्