ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै पुलामी दम्पती


bhawani desk
८ असार २०७५, शुक्रबार   ११ : ५७   बजे

दैलेख, ८ असार । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् ।

दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा विगत १६ वर्षदेखि चिया, खाजा रेष्टुराँको व्यवसाय गरी जीविकोपार्जन गर्दै पुलामी दम्पतीले उक्त उखानलाई व्यवहारमा उतारेका हुन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १३० किलोमिटर पश्चिमतर्फ दैलेख कालीकोट सडकखण्डको छेउमै रहेको ओढारमा चिया, तरकारी, माछा मासुलगायत विभिन्न परिकार बनाएर बिक्री गर्दै आएको ७३ वर्षीया गंगादेवी पुलामीले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय बासिन्दा तथा यातायातका साधनमा आउने ग्राहकसमेत सो स्थानमा रोकेर खाजा खानुको साथै फोटो खिच्दै रमाएको देख्न पाउँदा आफूलाई रमाइलो र खुशी लाग्ने गरेको छ ।

“ढुंगे ओढारमुनि पानीबाट पनि ओत लागिएकै छ, अहिलेसम्म सर्पलगायतका विषालु किरा तथा जंगली जनावरले कुनै पनि दुःख दिएका छैनन्,उहाँँले भन्नुभयो, ओढारमा आउने ग्राहकलाई कालो चिया रु १५ मा, दूध चिया रु २० मा बेच्ने गर्छु ।

२०४१ सालदेखि नजिकै रहेको किटु बस्तीबाट खोलामा पिसानीको साधन घट्ट सञ्चालन गरेर स्थानीयलाई सुविधा दिनुका साथै आयआर्जनका लागि खोलामा झरेका पुलामी दम्पतीका लागि अन्ततः ढुंगे ओढार बासस्थानका रुपमा परिणत भएको हो ।

ओढारको अघिल्लो भाग सडक छेउमा जस्तापाताले छाएको छानामुनि राखिएको काठको बेञ्चमा ग्राहकलाई बस्ने व्यवस्था मिलाइनुका साथै माटोको चुलोमा दाउरा प्रयोग गरेर पकाएको चिया र खाजाको स्वाद ग्राहकलाई चखाउनु गंगादेवीको दैनिकीनै बनेको छ ।

दैलेख कालीकोट बाटो २०५१ सालमा खोलेपछि विस्तारै घट्टको प्रयोगमा कमी आएसँगै अन्ततः एक वर्षयता पूर्णरुपमा नै बन्द भएको ७५ वर्षीय भुवानीसिंह पुलामीले बताउनुभयो ।

ओढारमा हामी एक्लै हुदैनौँ छोरा बुहारी, छोरी, नातिनातीना सबैले रेखदेख सहयोग गर्दे आएको बताउँदै उहाँ भन्नुहुन्छ गर्न सकेसम्म गर्ने र ओढारमै मर्ने सोच बनाएका छौँ ।

दुई छोरा दुई छोरीका साथै आठ नातिनातिनाका अभिभावक पुलामी दम्पती नयाँ आधुनिक घर भएर पनि ओढारमा नै बस्न रुचाउने गरेको रारा फेवा पर्यटन प्रवद्र्धन अभियानका साथ सो स्थानमा पुगेको सामुदायिक वन उपभोक्त महासंघ कास्कीको टोलीलाई कान्छा छोरा अक्कलबहादुर पुलामीले जानकारी दिनुभयो ।

“बुबा आमा यही रमाउनुभएको छ, विभिन्न पर्वमा पनि यही बस्ने भएपछि परिवारसहित आफन्त एवं इष्टमित्र यही आउने गरेका छन्, उहाँले भन्नुभयो, “उहाँहरू यही ओढारमा रमाउने गरेका कारण पनि चाडपर्वमा हामी सबै यही आउने गरेका छौँ ।”

पुलामी दम्पती ओढारमा बसे सौर्यबत्ती (सोलार) ले आफू बसेको ठाउँलाई उज्यालो बनाउनुका साथै सात दशक उमेरमा पनि परम्परालाई जीवन्त राख्दै ओढारमा बसेर हँसिलो मुहारका साथ व्यवसाय गर्नु समाजको लागि अनुकरणीय भएको भ्रमण टोलीका संयोजक कालीदास सुवेदी बताउनुहुन्छ ।

सुविधा भोगी प्रवृत्ति बढ्दै गएको वर्तमान अवस्थामा घर परिवारभन्दा पनि ओढार रोज्नु र त्यही रमाउनु आफैमा अनुकरणीय भएको भ्रमण टोलीमा सहभागी ६३ वर्षीया उमा बाँस्तोलाको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group