चितवन, ८ असार।आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् ।
दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्कनुभएका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार हुनुका साथै आठ जनालाई रोजगारी पनि रोजगारी दिएका छन ।
विदेशको तापमा भन्दा नेपालमानै सीप सिकेर केही गरौँ भन्ने उद्देश्यका साथ फर्किएर उनले कपाल काट्ने तालीम लिएका थिए । सिग्देलले भने साधारण तालीम यही लिएँ र डिप्लोमा स्तरको तालीम काठमाडौँमा लिएँ । त्यसपछि चितवन फर्किएर आफ्नो व्यवसाय शुरु गरे । भरतपुरको चौबिसकोठीमा कोठा भाडामा लिएर पपुलर युनिसेक्स सैलुन उनले शुरु गरे ।
नेपाल फर्किएपछि तालीम लिनु अघि सिग्देलको एक युवतीसँग प्रेम सम्बन्ध रह्यो र उनलाई पनि ब्यूर्टिपार्लरसम्बन्धी तालीम लिन लगाए । पसल खोलेसँगै सिग्देलले बिहे गरे । उनले पुरुषको कपाल काट्नु काटने र श्रीमती सुस्मिता चालिसेले सँगै महिलाको पार्लरसम्बन्धी काम गर्थिन ।
झण्डै तीन लाख लगानी गरेको सैलुनले एकै महिनामा रु एक लाखसम्म बचाउन थाल्यो । पाँच वर्षपछि अहिले उनले नजिकै ठूलो कोठा लिएर उच्चस्तरको सजावटसहितको वातावरण अनुकूलित सैलुन शुरु गरेका छन । सिग्देलले खुशी हुँदै सजावटमा मात्र रु २० लाख खर्च गरेको बताए ।
उनले शैलुनमा महिला पुरुष दुवैको कपाल काट्ने, फेसियल गर्ने, स्टेट पार्ने, मिनी कियर, पेडी कियर, आयल मसाज, डेढलक, हेयर कलर, दाह्री फाल्ने, बेहुला बेहुलीको मेकपजस्ता काम हुने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्