ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवराज सिलवाल र शुशिला कार्की बारे काँग्रेस सभापति देउवाले गरे गम्भिर खुलासा


एबीसी न्यूज
८ असार २०७५, शुक्रबार   ३ : ५२   बजे
फाईल फोटो
फाईल फोटो

काठमाडौँ, ८ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन डिआइजी नवराज सिलवाल एमाले कार्यकर्ता भएकाले बढुवा नगरिएको बताएका छन्।

हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरुको भेलालाई आज समापन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउनु पनि ठीक भएको दाबी गरेका छन् ।
भेलामा सहभागी अधिकांश जिल्ला सभापतिहरुले तत्कालीन डिआइजी सिलवाल र प्रधानन्यायाधीश कार्की काण्डका कारण पार्टीले चुनावमा हार व्यहोरेको भन्दै देउवासँग यसको जवाफ मागेका थिए । उनले, आफ्नो पार्टी नेतृत्वको सरकारले यी दुई कुरामा गल्ती गरेको भन्दै देउवाको आलोचना गरेका थिए ।

देउवाले तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग तथा डिआइजी सिलवालाई प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादबारे जिल्ला सभापतिहरुलाई प्रष्टीकरण दिदै यी दुवै प्रकरणमा आफूले कुनै गल्ती नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । कार्यसम्पादन मूल्यांकनका आधारमा आइजिपी बढुवा गरेको उले दाबी गरे । यद्यपी, सिलवाल अहिले तत्कालीन एमालेबाट सांसद भएको प्रसंगतर्फ संकेत गर्दै उनले सिलवाल एमाले भएका कारण बढुवा नगरिएको पनि बताए ।

‘जाली काम गर्ने अहिले कहाँ छन् रु’ देउवाले भने, ‘उनी ९सिलवाल० त एमाले कार्यकर्ता रहेछन्, त्यही भएर उनलाई बढुवा नगरिएको हो ।’ सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको भनेर तत्कालीन आइजिपी र लोकसेवा आयोगका अध्यक्षले भनेपछि आफूहरुले प्रकाश अर्याललाई आइजिपी बनाएको उनको भनाइ थियो । यद्यपी, देउवा नेतृत्वको सरकारले शुरुमा जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । अदालतको फैसलापछि अर्याल आइजीपि भएका थिए ।

नक्कली कार्यसम्पादन मूल्यांकनका आधारमा फैसला गरेको भन्दै तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि देउवा नेतृत्वको सरकारले महाअभियोग पनि लगाएको थियो । तर, पछि महाअभियोग फिर्ता लगिएको थियो । ‘कार्कीको कार्यक्षमतामा पनि कमजोरी देखियो, त्यही कारण महाअभियोग लगाउनुपरेको हो,’ देउवाले प्रष्टिकरण दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

भैँसेपाटी आगजनीपछि घरबाट सुन लगेका जुत्ता सिलाउने व्यक्ति पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Drone Offensive Fails to Deliver Expected Breakthrough, Raising Doubts About Western Strategy

Nepal Vice President Highlights Automobile Sector’s Economic Importance

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

भैँसेपाटी आगजनीपछि घरबाट सुन लगेका जुत्ता सिलाउने व्यक्ति पक्राउ

बागमती प्रदेशमा मुख्यमन्त्री थापा आज विश्वासको मत लिँदै

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu