ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसको दुर्लभ चरा खोज्दै दिन बित्छ


एबीसी न्यूज
८ असार २०७५, शुक्रबार   ५ : ०६   बजे

 जाजरकोट, ८ असार । बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक हुनुुहुन्छ । ३१ वर्षदेखि पशु प्राविधिकको रूपमा सरकारी सेवामा कार्यरत उहाँ गत ५ वर्षदेखि जाजरकोटका जंगलमा दुर्लभ चराहरुको बासस्थान खोज्दै हिँड्नु भएको हो ।

विश्वमा दुर्लभ र लोपोन्मुख मानिएका चरा र जनावरको खोजीमा रातदिन सक्रिय गोविन्दलाई आफ्नो जीवन र जागिर भन्दा पंक्षी सरंक्षणमा मात्र चिन्ता छ ।

सन् २०६९ फागुनमा काठमाडौँमा सेवारत रहँदा एक कार्यक्रममा गिद्ध र अन्य चराबारे छलफलमा सहभागी उहाँले यी चरा हाम्रो जाजरकोटमा पाइन्छन् भन्दा अन्य सहभागीले जाजरकोटमा त दुर्लभ चरा होइन झाडापखाला मात्र पाइन्छ होला भनेर जिस्काएको पिडा सुनाउँदै त्यसैबेलादेखि आफूले चरा खोजीको काम शुरु गरेको र पाँच वर्षको अवधिमा विश्वमा लोपोन्मुख तथा दुर्लभ मानिएका आधा दर्जन चरा र अन्य केही जनावरसमेत भेटिएको बताउनुहुन्छ ।

उहाँले फेला पार्नुभएका चरा र जनावरलाई पक्षी विज्ञ र अन्य सरोकारवालाले प्रमाणित समेत गरिसकेका छन् । जाजरकोटका जंगलमा चार थरीका दुर्लभ एवं लोपोन्मुख अबस्थाका सुनगिद्ध, सेतो गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध पाइन्छ । विश्वकै दुर्लभ चरा चिरकालिज, जलेवा चराको गुड, लाटो कोसेरोको प्रजाति हप्सीलो हुचिल, मलाहा, हुचिल, विश्वकै दुर्लभ जनावर हाइना, हिँउचिुतुवा, वनकुकुर, ब्वाँसो र कस्तुरी रहेको उहाँ बताउनुहुन्छ ।

जाजरकोटमा भेटिएका चार जातका गिद्ध, अन्य दुर्लभ चरा र जनावर पक्षी तथा पशु विशेषज्ञले नै प्रमाणित गरिसकेको सिंह बताउनुहुन्छ । पाँच वर्षको अवधिमा साविकका १६ गाविसका जंगलमा डुलेको र सो क्रममा ३३ वटा हिमाली गिद्धका गुँड, तीन वटा हाडफोर गिद्धका गुँड, दुई वटा सेतो गिद्धका गुँड र एउटा सुनगिद्धको गुँड फेला परेको पनि गोविन्द जानकारी दिनुहुन्छ ।

रात दिन चरा भेटिने समय मिलाएर दुर्लभ चराको वासस्थानको खोजीमा जंगलको यात्रामा हिँडनुभएका सिंह आफूलाई अहिलेसम्म कसैले सहयोग नगरेको र कोही सरोकारवाला निकायले समेत सहानुभूति समेत नराखेकोमा गुनासो गर्नुहुन्छ ।

अहिलेसम्म क्यामेरा तथा अन्य सामग्रीको लागि व्यक्तिगत रु पाँच लाख बढी खर्च गरिसक्नुभएका गोविन्द जाजरकोटलाई दुर्लभ चरा र जनावरको वासस्थान हो भनेर नेपाल र नेपाल बाहिर चिनाउनका लागि आफूले रातदिन दुःख गरेर जंगल डुल्ने गरेको बताउनुुुहन्छ ।

उहाँका अनुसार नेपालमै पहिलो पटक भेटिएको जलेवाको गुँड नलगाड नगरपालिकाको रग्दाको चौखामा पाइन्छ भने वारेकोटको–९ काप्तीको जंगलमा लाटोकोसेरो प्रजातिका चरा भेटिएका छन् । यस्तै भेरी नगरपालिकाको कुदु र कुसेको पैंकमा हाइना भेटिएको उहाँ बताउनुहुन्छ ।

आफूले बारेकोट र भेरी नगरपालिकामा भेटाएका दुर्लभ एवं लोपोन्मुख गिद्धका गुँड, दुर्लभ चरा र अन्य पक्षीको अध्ययन गर्न पक्षी विज्ञ डा हेमसागर बराल, जीवविज्ञ डा करण शाह पनि जाजरकोट पुग्नुभएको र उहाँहरूले जाजरकोट विश्वका दुर्लभ चराको

सुरक्षित वासस्थान भएको प्रतिक्रिया दिएको जानकारी दिनुहुन्छ ।
बारेकोट गाउँपालिका गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह आफूहरुले पनि रेडपाण्डा लगायतका विश्वकै दुर्लभ चराको संरक्षणका लागि केही बजेट छुट्याउनुका साथै कार्यक्रम बनाउने गरेको र आगामी वर्षदेखि यस विषयमा विशेष पहल गर्ने सोचिरहेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu