ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : सञ्चारमन्त्री


एबीसी न्यूज
९ असार २०७५, शनिबार   ५ : ५८   बजे

भक्तपुर, ९ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट ऐतिहासिक उपलब्धि हासिल भएको बताउनुभएको छ ।

आज सूर्यविनायक नगरपालिकाको तेस्रो नगरसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको जारी चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताउनुभयो । सरकारले लिएको संकल्प पूरा गर्न सरकार लागिपरेको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “विश्वमा कुनैपनि देश अर्को देशले आएर बनाइदिँदैन, आफ्नो देश आफँैले बनाउने हो, हाम्रो देश बनाउने संकल्प सरकारले लिएको छ, सरकारले देश बनाउने संकल्प पाँच वर्षभित्र पूरा गर्छ ।”

जनप्रतिनिधि आफैँप्रति आफू इमान्दार भएमात्रै सरकारको संकल्प पूरा हुने बताउँदै उहाँले तीनवटा सरकार भएपनि आफ्नो कार्यक्षेत्रको काम आफैँले गर्नुपर्ने उहाँको भनाइ थियो ।

निर्वाचनमा गरिएको घोषणापत्र पाँचवर्षभित्र जनताले पल्टाई पल्टाई खोज्दा आफूले मुख फर्काउनु पर्ने अवस्था आउनु नहुनेमा उहाँले जोड दिनुभयो । मन्त्री बाँस्कोटाले काम गर्नै नसक्ने गरी धेरै योजना पेश गर्ने, काम नगर्ने तर धेरै भाषण गर्ने र सदाचारको कुरा गर्ने, तर भित्रभित्र बेइमान र राज्यको ढुकुटी लुट्ने कार्य नगर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

नगरसभामा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आगामी आव २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाँच वर्षभित्र नगरलाई समुन्नत नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । थापाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत विकासका पूर्वाधार निर्माणमा एकवर्षमा धेरै प्रगति भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले आगामी पाँच वर्षभित्र भक्तपुरले विकासमा फड्को मार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सूर्यविनायक धुलिखेल छलेन सडक निर्माण, कोटेश्वर जडीबुटी र साँगामा सुरुङ मार्ग निर्माण, भक्तपुरमा ५० हजार क्षमताको रंगशाला र कभर्ड हल निर्माण तथा स्मार्ट सिटीसहितको आधुनिक शहर निर्माण हुन्छ, भक्तपुर समुन्नत बन्छ ।”

प्रदेशसभा सदस्य शशिजंग थापा, जिल्ला समन्वय समिति, भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपाका नेताद्वय बचन देउजा र डिपी ढकाल, नेपाली काँग्रेसका नेता निसान ढुंगेललगायतले भक्तपुरको विकासमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group