ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलेख : धिमे र बाँसुरी सिक्दै झापाली नेवार


bhawani desk
१० असार २०७५, आइतबार   ४ : १८   बजे

झापा, १० असार ।  जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, पछिल्लो समय यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ ।

नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो ।

काठमाडौँ उपत्यका बाहिर नेवार समुदायको जनसंख्या झण्डै ५५ प्रतिशत र उपत्यकामा ४५ प्रतिशत छ,अध्यक्ष ताम्राकारले भन्नुभयो । तर, उपत्यका बाहिरै नेवार समुदायको भाषा र संस्कृतिको संरक्षण हुन सकेको छैन ।

देशभर छरिएर रहेका नेवार समुदायको भाषा र संस्कृति लोप हुँदै गएको महसुस गरेका झापाका नेवार समुदाय अहिले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् ।

आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने पहलस्वरुप जिल्लाका विभिन्न स्थानमा नेवार समुदाय यतिबेला धिमे बाजा संरक्षण अभियानमा सक्रिय भएर लागेका छन् । यस अतिरिक्त यस समुदायका युवालाई बाँसुरी बादनसम्बन्धी प्रशिक्षण समेत दिइँदैछ ।

‘धिमे बाजं’ नेवार समुदायमा शोक बाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेपछि नेवाः देय् दबू झापाले बाजाको संरक्षण गर्ने अभियान थालेको हो ।

पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहेपनि राज्यले त्यसमा खासै सहयोग नगरेको गुनासो दबूका बिर्तामोड नगर समिति अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ गर्नुहुन्छ ।

मुलुकभर १३ लाखको हाराहारीमा नेवार समुदाय रहेको अनुमान छ । यसमध्ये ६ लाख काठमाडौँ उपत्यकामा र बाँकी उपत्यका बाहिर बसोवास गर्दछन् । भाषा, संस्कार, संस्कृतिले उपत्यकाभित्रका नेवार सक्षम रहे पनि उपत्यका बाहिर उनीहरुको पहिचान हराउँदै गएको चिन्ता नेवार समुदायका अगुवाहरु व्यक्त गर्छन् ।

नेवार समुदायको संस्कृतिले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याएको दबूका केन्द्रीय अध्यक्ष ताम्राकार दाबी गर्नुहुन्छ । “युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो, अहिले धेरै राम्रो काम भएको छ,” उहाँले भन्नुभयो – “युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा झापावासीको यो उत्साह सराहनीय छ ।”

‘धिमे बाजं’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन छ । यो समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्दछन् । अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला धिमे बाजा संरक्षणमा झापाका नेवार समुदाय लागिपरेको दबूका बिर्तामोड नगरसमिति सचिव ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।

खासगरी धिमे र बाँसुरी पहिले ज्यापू समुदायका पुरुषले मात्र बजाउने बाजाका रुपमा परिचित थियो । तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको धिमे र बाँसुरी बाजाका प्रशिक्षक कृष्ण मर्हजन बताउनुहुन्छ ।

उहाँले भन्नुभयो । अहिले झापाको बिर्तामोड, मेचीनगर लगायतका स्थानमा यो बाजासम्बन्धी प्रशिक्षण भइरहेको छ जहाँ युवतीहरुको पनि उत्साहजनक सहभागिता छ ।

नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, यँेया पुन्ही, चथाः दशैं, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन छ ।

लोकप्रिय रहेको धिमे रूखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुबैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ हो । यो बाजा काठमाडौँ उपत्यकाका नेवार समुदायमा सबैभन्दा प्रचलित छ । धिमे राईहरूको च्याबु्रङ र तराईवासीको ढोलसँग आकार, प्रकार र बजाउने तरिका मिल्छ ।

सिपालु सेविका
बिर्तामोड–५ निवासी सेविका श्रेष्ठले आफ्नो समुदायको पौराणिक धिमे बाजा बजाएको टेलिभिजनमा मात्र देख्नुभएको थियो । तर, अहिले स्वयं उहाँलाई धिमे बाजा बजाउन आउँछ ।

बिर्तामोड–९ की योजना श्रेष्ठ पनि यतिखेर धिमे बाजा बजाउन पोख्त हुनुहुन्छ । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न लाग्ने गरेको उहाँको विगतको अनुभव छ । तर अहिले उहाँ निक्कै खुशी हुनुहुन्छ ।

नेवाः देय् दबूको विर्तामोड नगर समितिले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको दुई महिने तालीममा सहभागी भएर सेविका र योजनाले यो बाजा बजाउन सिक्नुभएको हो ।

यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहेपनि सेविकाले आफैं अग्रसर भएर यो बाजा बजाउन सिकेको बताउनुहुन्छ । अहिले नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले धिमे बाजा बजाउन थाल्नुभएको छ ।

आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी सेविका र योजनासहित झण्डै ३९ जनाले यो बाजा बजाउन सिकेका छन् । शुरु शुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले यो बाजा बजाउँदा आनन्द आउने गरेको अर्का प्रशिक्षार्थी प्रणेश श्रेष्ठले बताउनुभयो ।

आफ्नो परम्परा र संस्कृति संरक्षणका लागि झापामा रहेका नेवार समुदायले देखाएको अग्रसरता सबैका लागि अनुकरणीय छ । एक पुस्ताबाट अर्काे पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने हो भने नेवार समुदाय मात्रै होइन सबै समुदायको संस्कार र संस्कृतिको जगेर्ना हुनेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group