चितवन, १० असार । सभामुख कृष्णबहादुर महराले कानुन अभावले स्थानीय तह, प्रदेश र केन्द्रमा शासन संचालनबारे अझै अन्योल रहेको बताउनुभएको छ ।
चितवनको भरतपुर महानरपालिकाको दोस्रो नगरसभामा सम्बोधन गर्दै सभामुख महराले संविधानअनुसार तीन तहको निर्वाचन सम्पन्न भए पनि केही कानुनको अभावमा स्थानीय तह, प्रदेश र केन्द्र सरकार अझै अन्योलमा रहेको बताउनुभयो । महराले कानुन अभावले अहिलेसम्म जति काम हुनुपर्ने हो त्यति गर्न नसकेको जिकिर गर्नुभयो ।
संविधानअनुसार निर्माण गर्नुपर्ने कानुनहरु असोज २ गतेभित्र बनाउनुपर्ने उल्लेख गर्दै सभामुख महराले उक्त कानुनको निर्माणपछि तीन वटै तहको अधिकार निक्र्याेल हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्