ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पामा किन बढ्दैछ आपराधिक घटना ? आठ महिनामै छ जनाको भयो हत्या


admin

रोल्पा, १२ असार । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । 


जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको बञ्चरो प्रहार गरी हत्या गरे । यसरी आफ्नै ज्वाइँको बञ्चरो प्रहारबाट सोही गाउँपालिका–४ तिखेचुलाका ५२ वर्षीय नरसिंह थापाले अनाहकमा ज्यान गुमाउनु प¥यो ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार मदिरा सेवन गरी छोरीलाई कुटपिट गरेको खबर पाएपछि छोरीको अवस्थाका बारेमा बुझ्न गएका थापालाई आवेसमा आई उनका ज्वाइँ दीपेन्द्र बस्नेतले हत्या गरेका हुन् ।

अभियुक्त बस्नेतलाई घटनालगत्तै प्रहरीले पाखापानीको जंगलबाट पक्राउ गरी आफ्नो नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालत रोल्पाको आदेशानुसार हाल उनी पुर्पक्षका लागि थुनामा छन् । यसरी पिताको निधन तथा पति कानूनी कठघरामा परेपछि पीडित परिवारमा अझ पीडा थपिएको आफन्तले बताएका छन् ।

यसैगरी, यही २०७४ चैत १९ गते घरायसी विवादका कारण त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकले बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गरेका थिए । हाल खर्कबहादुर पनि पुर्पक्षका लागि थुनामै छन् ।

खर्कबहादुरले आफ्नै दाजु पर्ने सोही गाउँपालिकाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी बसन्ती विकको १९ गते साँझ ४ बजे घर नजिकै खेलिरहेको अवस्थामा बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
यसरी काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ भने सिंगो गाउँ नै दुखी एवं विक्षिप्त भएको छ ।

यसैगरी २०७४ कात्तिक २४ गते रोल्पा नगरपालिकास्थित कोर्चाबाङका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरी २४ वर्षीय पेवावती केसी तथा नातिनी २ वर्षीया दीपा केसी र ६÷७ महिनाकी नेहा केसीको बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।

बिरामी परेर भेट्न गएका बाबुको हातबाट आफू र आफ्ना दुई नाबालक सन्तानको जीवन निमोठिएपछि उनका श्रीमान् तथा घरपरिवार विचल्लीमा परे ।

यी सबैजसो घटनामा मर्ने र मार्ने दुवै पक्ष आफन्त परेपछि जिल्लावासीलाई सशंकित बनाउन थालेको छ । क्षणिक आवेशमा आउँदा यसले निम्त्याउने असरका बारेमा नसोची हतारको निर्णयले आफन्तको ज्यान लिनेक्रम बढेपछि रोल्पाली थप चिन्तित बन्न थालेका छन् ।

प्रनाउ फुयालका अनुसार घटनामा संलग्न जो कोहीलाई कानूनी कारबाही हुन्छ, हुनुपर्छ र भइरहेको छ । तर पनि यतिमात्र घटना नियन्त्रणका लागि पर्याप्त नभएको हुँदा यस किसिमका घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्शको खाँचो हुनेमा उहाँको जोड छ ।

उहाँका अनुसार जिल्लामा विभिन्न कारणले गर्दा आत्महत्याका घटना पनि बढिराखेको अवस्था छ । त्यसैले मनोसामाजिक परामर्शमा विशेष जोड दिनुपर्ने देखिन्छ, उहाँले भन्नुभयो ।

यस किसिमका घटना नियन्त्रणका लागि प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने भएको हुँदा सामाजिक अभियन्ता पनि सक्रियरुपमा लाग्नु पर्ने अधिकारकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com