ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षयरोगीका परिवारको स्वास्थ्य परीक्षण गरिने


एबीसी न्यूज
१३ असार २०७५, बुधबार   ११ : ४९   बजे

 मोरङ, १३ असार । मोरङका पाँचवटा गाउँपालिकाका क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने भएको छ ।

पथरीशनिश्चरेका स्वास्थ्य संयोजक मुरारी आचार्यका अनुसार पथरीशनिश्चरे, बेलबारी, लेटाङ, उर्लाबारी र सुनवर्षीका स्वास्थ्य संस्थाका क्षयरोग उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई परिवारका सदस्यको पनि खकारको नमूना परीक्षण थाल्न जानकारी गराइएको छ ।

आचार्यका अनुसार क्षयरोगीका परिवारका पाँच वर्षमुनिका बालबालिकालाई क्षयरोग लाग्न नदिने आइपिटी उपचार सेवा प्रदान गर्न पनि जानकारी गराइएको छ । त्यसअघि, पथरीशनिश्चरे स्वास्थ्य शाखाले नगरका निजी स्वास्थ्य संस्थाबीच अन्तक्र्रिया गरी क्षयरोग निर्मुल पार्न लाग्नुपर्नेमा जोड दिएको थियो ।

कार्यक्रममा, स्वास्थ्य संयोजक मुरारी आचार्य र सहसंयोजक याम खड्काले पथरी स्वास्थ्यचौकीसहितका नगरका स्वास्थ्यचौकीको ल्याबको चुस्त व्यवस्थापन तथा क्षयरोगीको जाँचलाई प्रभावकारी बनाउने बताउनुभयो ।

साथै, उहाँहरुले निजी स्वास्थ्य संस्थाले आफूसँग उपचारका लागि आउने क्षयरोगका बिरामीलाई निःशुल्क उपचार र सरकारी स्वास्थ्य संस्थामा दर्ताका लागि पठाएर सहयोग गरिदिन सूचित गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu