काठमाडौं, १४ असार । नेपाल वायुसेवा निगम (एनएसी)ले पहिलो पटक वाइडबडी विमान भित्र्याएको छ । एनएसीले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी विमान आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमानको नाम अन्नपूर्ण राखिएको छ ।
ए ३३० सिरिजको एअरबस कम्पनीको विमान ‘रिसिभ’ गर्न वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार विमानस्थल पुग्नुभएको थियो । विमानस्थलमा पर्यटन मन्त्रालय र निगम र विमानस्थलका अधिकारीहरु पनि पुगेका थिए ।
निगमले दुईवटा वाइडबडी जहाज खरिदको सम्झौता गरेकोमा पहिलो विमान आइपुगेको हो । २०६५ सालमा नै ६ वटा वाइडबडी जहाज किन्न प्रस्ताव आह्वान गरेकोमा २०७१ मा दुईवटा ए ३२० विमान आएका थिए भने १० वर्षपछि ए ३३० जहाज आइपुगेको हो ।
निगमले यो विमानको पहिलो व्यावसायिक उडान संयुक्त अरब इमिरेट्सको दुबईमा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्