ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झोलुङ्गे पुल निर्माण भएपछि एकदिनको बाटो एक घण्टामा


bhawani desk
१४ असार २०७५, बिहिबार   ११ : १०   बजे


 म्याग्दी, १४ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ ।

जम्मा १०२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित सिम्कोश र बगर गाउँका बासिन्दाले आवतजावत गर्न पूरै दिनको घुमाउरो बाटो पैदल हिँड्नुपर्ने, जोखिम मोलेर तुइन र साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएका हुन् ।

२०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशका बासिन्दाले तुइनबाट खाद्यान्न, नूनतेल तारेर उपभोग गर्दै आएका थिए । आवतजावतका लागि भुमरबोट भन्ने ठाउँमा पुगेर घुमाउरो बाटो हिँड्नुपर्ने समस्या थियो । सिम्कोशकी ज्योति थापाले पुल बनेपछि पूरै दिन हिँड्नुपर्ने घुमाउरो बाटो एक घण्टामा छोटिएको बताउनुभयो ।

गत वर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याएका छन् । रु ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले बताउनुभयो ।

गाउँपालीकाको रु पाँच लाख ५३ हजार, झोलुङ्गे पुल सहयोग एकाइ (टिबीएसयु) को रु तीन लाख ७४ हजार बराबरको लट्ठा र बुल्डअफ ग्रिप, सरकारको रु ३४ लाख ८२ हजार अनुदान र समुदायको रु ९२ हजार बराबरको श्रमदानमा पुल निर्माण भएको सचिव डिलबहादुर पुनले जानकारी दिनुभयो ।

२०७४ फागुन ८ गतेदेखि शुरु भएको पुल निर्माण कार्य २०७५ जेठ अन्तिम साता सम्पन्न भएको थियो । स्थानीयवासीले ५० दिनका दरले श्रमदान गरेका थिए । पुलको मंगलबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

भौगोलिकरुपमा विकट सिम्कोस बगरका बासिन्दा र धौलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको आवतजावतमा सहज बनाएको यो पुलबाट समुदायले खेर गइरहेको जमीनमा जडीबुटी खेती गरेर आयआर्जन गर्न सक्ने सम्भावना पनि भएको अध्यक्ष पुनले बताउनुभयो ।

टिबिएसयुका प्र्राविधिक अधिकृत श्रीधर भण्डारीले यो पुल स्थानीय तहले बनाएको सम्भवत नेपालकै पहिलो भएको बताउनुभयो । धौलागिरि गाउँपालिकाले पुल बनाएर स्थानीय तह पनि पुल निर्माणमा सक्षम भएको सन्देश प्रवाह गराउन सफल भएको बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा यस वर्ष ११ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

कुल ३६५.६ मिटर लामो बेगखोला, धौलागिरि गाउँपालिकाको धनमानेमा ५६ मिटर, छहरी खोलामा ३२ मिटर, मालिका नूनथलामा ४५.७५ मिटर, टाक्सेमा ६४ मिटर, दाङखोलामा ६७ मिटर, दोबिल्नामा ७५ मिटर, मंगलाको आरुखोलामा ६६ मिटर, रघुगंगाको ¥यासीखर्कमा ६० मिटर र अन्नपूर्णको मनोघाटमा ३२ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group