ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाद निम्त्याउन खोजिए पनि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तिब्र (भिडियो)


admin
१५ असार २०७५, शुक्रबार   १२ : ११   बजे


अनेकौं विवाद, माथापच्थी र दशकौं लामो प्रतिक्षापछि पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने काम अघि बढेको छ । ४ नं. प्रदेशको राजधानी समेत रहेको पोखरामा अन्तराष्ट्रिय विमानस्थल सम्भाव्य छ र यो बन्नुपर्छ भन्दै कैयौं दशक पहिलेदेखि माग हुंदै आएको हो । पोखरेली जनताले यही विश्वासका साथ आफ्नो जमिन विमानस्थलका लागि राज्यलाई दिएका हुन् । ४० वर्षलामो प्रतिक्षा पछि विमानस्थल निर्माणको काम अघि बढ्दा समेत अझै पनि विविन्न हल्ला, तर्क र बहसलाई योजनावद्ध ढंगले अघि बढाइएको छ, विमानस्थल बन्छ कि बन्दैन भनेर पोखरेली जनतालाई मात्र होइन । सिंगो ४ नम्वर प्रदेशलाई नै अलमलमा पार्न खोजिएको छ । सरकारको योजना अनुसार राष्ट्रिय गौरबको यो आयोजना ढिलो चांडो पुरा हुनेमा त कुनै शंका व्यक्त गर्न नपर्ला, तर, धमिलो पानीमा माछा मार्न खप्पिसहरुबाट आयोजनाबारे अफवाह फैलाउने काम भने अवश्य पनि जारी नै छ ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल राष्ट्रिय गौरबको आयोजना हो । ४० वर्षभन्दा बढीको अनवरत प्रतिक्षा पछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्न लागेको हो । मध्यम स्तरका जेट विमानहरु मात्र अवतरण गर्न सक्ने यो विमानस्थल बनेमा पोखरा मात्र नभएर ४ नं. प्रदेशकै आर्थिक कायापल्ट हुने विश्वास गरिएको छ ।

राष्ट्रिय गौरव आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको २०७३ बैशाख १ मा शिलान्यास भएको थियो । प्रदेश नम्बर चारको राजधानी पोखरामा निर्माणधिन यो विमानस्थलको काम अहिले तिब्र रुपमा अगाडि बढेको छ । सन २०२१ जुलाइ १५ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने भएपछि निर्माणको काम पाएको सिएएमसी कम्पनीले यतिवेला विमानस्थल निर्माणको कामलाई तीब्रता दिइएको हो ।

चनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको सम्झौताअनुसार इपिसी मोडलमा अन्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलको विमानस्थल बन्नेछ ।

हालै नेपाल र चीनको सिमाना रसुवागढीबाट विमानस्थल निर्माणका लागी आवश्यक पर्ने सामाग्रीहरु आउन थालेका छन । बिमानस्थलको लागी २६ वटा ट्रिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेका छन् भने १४ वटा ट्रिपर चीनको सिमाना रसुवाको घट्टेखोला आईसकेको चिनिया कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ तर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताए ।

विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारी साधन केरुङ आइसकेका छन् । ठुला निर्माण उपकरणहरु आए लगत्तै विमानस्थल निर्माणले थप तिब्रता पाउने विश्वास गरिएको छ । ती सामाग्री पनि केही दिनभित्रै प्रक्रिया पु¥याएर नेपाल भित्राईनेछ ।

विमानस्थलको निर्माणकार्य तीब्र रुपमा अगाडि वढिरहदा यो विमानस्थल बन्न हुंदैन भन्ने भ्रामक वक्तव्यवाजीहरु पनि भए, केही विज्ञ समुहका नाममा । विमानस्थल निर्माण गर्न योग्य छ भन्ने फिजिविलिटी अध्ययन भएर नै काम अघि बढेको तथ्यलाई बिर्सेर निर्माणकै बीचमा त्यस्ता वक्तव्यवाजीहरु गरिनु विमानस्थल नबनोस भन्ने आशयमा थिए । तर, पानीको फोकाजस्तै ती वक्तव्यवाजी समाप्त भएका छन् । निर्माणको काम तोकिएकै समयमा हुने विश्वास व्यक्त गर्छन्, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे । पालिखेले पोखराको मात्र नभइ राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेको विमानस्थल भएकाले हाल आएर यसको अध्ययन गर्न खोज्नु र निर्माण विरोधी प्रतिवेदन तयार पार्नु कुनै पनि कारणले औचित्यपूर्ण नहुने बताए ।

४२ वर्ष अगाडि तत्कालिन पोखरा उपमाहनगरपालिकाको वडा नम्बर १४, १५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा विमान स्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको बिमानस्थल निर्माणका आयोजना प्रमुख ईन्जिनियर बिनेश मुनकर्मी वताउछन । मुनकर्मीले चिनिया निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताउदै बिमानस्थल निर्माणको काम तीब्र गतिमा अगाडी बढाइरहेको जानकारी दिए ।

पोखरा क्षेत्रीय बिमानस्थलको निर्माण कार्य तिब्र पारेसँगै यहाका स्थानियबासिन्दा तथा पर्यटन ब्यबसायीहरु उत्साहित भएका छन । यो विमानस्थल ४ नं. प्रदेशको गौरबको आयोजना समेत हो । पर्यटनको राजधानी पोखरामा मध्यमस्तरका जेट विमान ओर्लिने छन् । विदेशबाट सिधै विदेशी खर्चालु पर्यटक पोखरामा उत्रिदा पोखरा र आसपासको आर्थिक उन्नती थप बढ्ने विश्वास गर्न सकिन्छ । त्यसैले, तोकिएकै समयमा बिमानस्थलको निर्माण कार्य सम्पन्नगर्न सम्बन्धित निकाय निरन्तर लागि पर्न जरुरी देखिन्छ ।

पोखराको मात्र नभइ राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेको पोखरा क्षेत्रीय विमानस्थलको विषयमा विज्ञ भनिएकाबाट उठाइएका प्रश्नले सबैलाई निकै सोच्न बाध्य बनाएको छ । निर्माणको लोकमार्गमा रहेको विमानस्थललाई अवरुद्ध बनाउने कुनियतले यस्ता प्रतिवेदन आएका हुन् भने यो मुलुकका लागि क्षम्यको विषय हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu