ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पपीडितको अझै बेहाल : ६३ प्रतिशत भूकम्पपीडित अझै घरविहीन


admin
१५ असार २०७५, शुक्रबार   १२ : १६   बजे

काठमाडौं, १५ असार ।  तीन वर्षअघि गएको महाभूकम्पबाट घरबारविहीन भएका पीडितमध्ये ६३ प्रतिशतले अझै घर पूर्ण रूपमा निर्माण गर्न सकेका छैनन् । किस्ता र प्राविधिक ढिलाइका कारण यत्तिका लामो समयमा पनि केवल २७ प्रतिशतले मात्र घर पुनर्निर्माण गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबार दिएको तथ्यांकअनुसार ७ लाख २० हजार ७ सय ४२ लाभग्राहीमध्ये १ लाख ९४ हजार ७ सय ३१ घरको मात्र पुनर्निर्माण भएको छ । बाँकी पीडितहरू अझै चौथो वर्षायाममा पनि घरबारविहीन नै भएर बस्नुपर्ने बाध्यता छ । ०७२ सालको भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या भने पछिल्लो समय बढेर पाँच लाख पुगेको छ । निजी आवासका लागि अनुदान सम्झौता गरेका कुल ७ लाख २० हजार ७ सय ४२ लाभग्राहीमध्ये ६९ दशमलव ४७ प्रतिशतले घर निर्माण सुरु गरेका हुन् । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितलाई कानुनी झन्झटबाट मुक्ति दिएर जसरी पनि किस्ता दिन निर्देशन दिएपछि घर बनाउनेको संख्या बढेको प्राधिकरणको भनाइ छ । कानुनी झन्झटका कारण घर निर्माणमा ढिलाइ भइरहेको पीडितहरूले यसअघि पनि गुनासो गर्दै आएका थिए ।

पीडित नागरिकका करिब ७ लाख २० हजार बढी घर, सात सय ऐतिहासिक सम्पदा र ७ हजार ८ सय विद्यालय पुनर्निर्माणका लागि सरकारले पाँच वर्षको समय तोकेको थियो । तर, सरकारले आफँै बनाएको कार्यविधि, ढिलासुस्ती र भूकम्पपीडितमाथि लादिएको कानुनी झमेलाका कारण घर निर्माणमा सुस्तता आएको हो । पीडितहरूको घर पुनर्निर्माणका लागि सरकारले तीन चरणमा प्रक्रिया पूरा गरेर आउनेलाई मात्र किस्ता–किस्ता गरेर तीन लाख अनुदान दिने निर्णय गरेको थियो । आफूखुसी घर बनाए त्यो अनुदान नपाइने र सरकारकै प्राविधिकबाट मात्रै घर बनाउनुपर्ने हल्लाले गर्दा पीडितले घर बनाउन नसकेका हुन्, जसलाई वर्तमान सरकारले खुकुलो बनाइदिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बिहीबारसम्मको तथ्यांकअनुसार ५ लाख ७ सय ३६ घरको पुनर्निर्माण सुरु भएको छ । यसमध्ये १ लाख ९४ हजार ७ सय ३१ घरको पुनर्निर्माण भइसकेको बताइएको छ । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ७३ हजार ४ सय १९ घरको पुनर्निर्माण सुरु भएको छ । त्यसैगरी, नुवाकोटमा ६४ हजार १ सय ६१, धादिङमा ५९ हजार ३ सय ९८, गोरखामा ५२ हजार ४ सय ४८, दोलखामा ५२ हजार २ सय ३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८ सय २, रामेछापमा ३८ हजार ३ सय ४२ घरको पुनर्निर्माण कार्य सुरु भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए ।

अतिप्रभावित जिल्लाका अतिरिक्त कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माणले गति लिएको छ । कम प्रभावित जिल्लामध्ये लमजुङमा सबैभन्दा धेरै ४ हजार ७ सय ४५ घरको पुनर्निर्माण सुरु भएको छ । त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्यामा पनि तीव्र रूपमा बढोत्तरी भइरहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । ४ लाख ५५ हजार ५ सय ८१ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि २ लाख ६ हजार ८ सय ९२ लाभग्राही योग्य घोषित भएका छन् । निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलब्धताका साथै केही नीतिगत व्यवस्थामा गरिएका सुधारका कारण निजी आवास पुनर्निर्माणमा तीव्रता आएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालको भनाइ छ ।

लाभग्राहीको संख्या थपियो

प्राधिकरणका अनुसार भूकम्पपीडितको संख्या पछिल्लो समय थपिएको छ । गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या थपिएको बताउँदै प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘अहिलेसम्म गुनासो दर्ता गरेकामध्ये ३३ हजार ४ सय ३१ लाभग्राही थपिएका छन् ।’ प्राधिकरणको कार्यकारी समितिले धादिङ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, ओखलढुंगा, रामेछाप र सिन्धुपाल्चोकबाट गरी सो संख्यामा लाभग्राही थपिएका हुन् । भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्ताबापत १ लाख रुपैयाँ पाउँछन् ।

पछिल्लो अवस्था

पुनर्निर्माण भइरहेका घरको संख्याः ५,००,७३६
पुनर्निर्माण सम्पन्न भएका घरको संख्याः १,९४,७३१
लाभग्राही सूचीमा परेका कुल पीडित परिवार संख्याः ७,८१,७३३
प्रबलीकरण सूचीमा परेका लाभग्राही संख्याः २९,४९३
अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याः ७,२०,७४३
पहिलो किस्ता लिएका लाभग्राही संख्याः ७,१२,०१३
दोस्रो किस्ताका लागि प्रमाणीकृत लाभग्राही संख्याः ४,५५,५८१
तेस्रो किस्ताका लागि प्रमाणीकृत लाभग्राही संख्याः २,०६,८९२

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group