ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रगतिशिल मञ्चले भन्यो- ‘राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा पुरीलाई दुःख दिइयो’


admin
१५ असार २०७५, शुक्रबार   २ : ४८   बजे

काठमाडौं, १५ असार । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले आफ्नो सल्लाहकार रघुनाथ पुरीलाई फरक विचारधाराका प्रतिस्पर्धीहरुको उक्साहटमा दुःख दिन खोजिएको भन्दै आपत्ती जनाएको छ । राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा व्यवसायी पुरीलाई बदनाम गर्न श्रृखलाबद्ध र नियोजित प्रहार गरिएको मञ्चको दाबी छ ।

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्त साँवाले विज्ञप्ती जारी गरेर ‘द रिभर ओभरसिज’ का सञ्चालक समेत रहेको पुरीसँग भएको हतियारको बिषयलाई लिएर गलत सूचना प्रवाह गरिएको उल्लेख गरेका छन् । प्रहरीलाई उधृत गर्दै सञ्चार माध्यमहरुले पुरीले हतियारको दुरुपयोग गरेको समाचार आएपछि मञ्चले यसको खण्डन गरेको हो । साँवाले विज्ञप्तीमा भनेका छन्,‘उहाँले जिल्ला प्रशासन कार्यलयबाट इजाजतपत्र लिएर वैधानिक रुपमा घरमा राख्नुभएको एक थान राइफल केही दिनअघि प्रहरी महाशाखामै पुगेर बुझबुझारथ गर्नुभएको थियो । तर आफैंले गएर हतियार बुझाएको सन्दर्भलाई अन्य ढंगले समाचार प्रवाह गराउन खोजिनु खेदजनक विषय हो ।’

मञ्चले जिम्मेवार व्यवसायीलाई गन्ुडागर्दी र अन्य गतिविधिमा संलग्न व्यक्तिहरुसँगै जोडेर प्रहरीले सही र गलत एकै ठाउँमा मिसाउन खोजेको भन्दै आपत्ती प्रकट गरेको छ । अध्यक्ष साँवाले विज्ञप्तीमा भनेका छन्,‘प्रहरीले जिम्मेवारी व्यवसायीको पृष्ठभूमि र दैनिक व्यवसायिक आचरण नबुझी आफैंले लाइसेन्सप्राप्त हतियार बुझाएको विषयलाई अन्यथा अर्थ लगाउनु खोज्नु दुःखद हो ।’

मञ्चले तथ्यपूर्ण अनुसन्धान गरी सञ्चार माध्यमबाट सही सुचना प्रवाह गर्न प्रहरीलाई आग्रह समेत गरेको छ । ‘व्यवसायी कानूनको पालना गर्ने कुरामा सदैव सचेत छौं । र, गैरकानूनी ढंगले व्यवसायीलाई दुःख दिने व्यक्ति र समूहलाई कानुनको दायरामा प्रहरीले ल्याओस् भनिरहेका छौं । तर उल्टै कानूनको पालना गर्ने व्यवसायीलाई बदनाम गर्ने कार्य सही हुन सक्दैन,’ विज्ञप्तीमा भनिएको छ, ‘यस मञ्चका सल्लाहकार रघु पुरीको व्यवसाय पारदर्शी छ । उहाँ बैदेशिक रोजगार मात्र होइन, जलविद्युत र अन्य सेवामूलक व्यवसायमा पनि स्थापित हुनुहुन्छ । यसक्रममा उहाँको सामाजिक र राजनीतिक प्रतिष्ठाको डाहा गर्ने हामीभन्दा फरक विचारधाराका प्रतिष्पर्धी केही व्यक्तिको उक्साहटमा उहाँलाई दुःख दिन खोजिएको प्रष्ट छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अप्पर त्रिशूलीको टनेलबाट ३५० मजदुर तथा स्थानीयको उद्धार

भोटेकोसी नजिकको ताल फेरि फुट्यो: प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu