ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलौराकोटमा मन्त्रि खनालले गरे रोपाइँ


एबीसी न्यूज
१५ असार २०७५, शुक्रबार   ४ : १२   बजे

 कपिलवस्तु , १५ असार । कपिलवस्तुको बुद्धस्थल तिलौराकोट मा भव्य रुपमा धान रोपाइँ उत्सव मनाइएको छ । कृषि भुमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल ले खेतमा हलो जोतेर उदघाटन गरेका हुन ।

हलो जोते पछि मन्त्रि खनालले खेतमा रोपाइ गरेका थिए । लुम्बिनी विकास कोषद्धारा आयोजित कार्यक्रम तिलौराकोट को दरबारनजिक रहेको ऐतिहासिक स्थल कन्थक स्पुत छेउ ४ कठ्ठामा धान रोपेर मंगलोत्सव मनाइएको हो ।

शाक्यवंशीय राजधानी कपिलवस्तुमा २६ सय वर्ष अघिदेखि नै राजा शुद्धोदनले राजकीय धान रोपाइँ मंगलोत्सव धुमधामले मनाउँथे गर्थे । प्रचिन कपिलबस्तुको राजधानी तिलौराकोटमा महाराज शुद्धोधनको पालादेखि नै राजाले सुनको हलोले खेत जोतेर मनसुन सिजनको पहिलो खेती धान रोप्ने प्रचलन रहेको र यस बर्ष देखि सोही महोत्सवको निरन्तरता दिर्ने उद्देश्यले धान रोपाई मंगलोत्सव गर्न लागिएका लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले बताए ।

कार्यक्रममा धान रोपाइ शूरु गर्नुभन्दा पहिले अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले सिल पाठ गरेका थिए । त्यस पछि रोपाइ शुरुगरे रोपाईमा पंचेबाजा बजाइ असारे भाका लगाइएको थियो । यस्तै गरी मंगलोत्सवमा स्थानिय अहिरववा नाँच, थारु लाठी नाच कोहार नाच लगायत विभिन्न जातजातिको झल्को दिने नृत्य समेत प्रस्तुत गरीएको थियो ।

यस्तै गरी कार्यक्रममा मन्त्रि खनालले धान खेती हाम्रो प्रचिन खेती रहेको बताउनु भएको छ । धान खेती गरेपनि अहिले नेपालमा २५ अर्व रुपयाँ बराबरको चामल आयत गरीने गरेको बताउनु भयो । यस्तै गरी हजारौ बर्ष पहिला देखिको काला निमक चामलको जात कपिलवस्तु तथा आसपास को जिल्ला र भारतको सिमाना तिर मात्र पाइने मन्त्रि खनालले बताउनु भयो ।

किसान हरुलाई सिचाँई को समस्या रहेको हुनाले यसको लागी तीन भागमा योेजना बनाइ सिचाईको समस्याको समाधान गरिने बताएका छन् । तत्कालको लागी यहाँ भएका पोखरीहरुको संरक्षण गरी पानी संचित गरीने र दिर्घ कालिन योजनाको लागी नौमुरेको पानी नहर बनाइने खनालले बताए । कार्यक्रममा पुर्व सांसद ,प्रदेश सांसद तथा मेयर लगाएतले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu