पर्सा, १५ असार । सर्लाही हरिपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय सन्तोष कुमार साहलाई प्रहरीले १ के.जी. अवैध सुन सहित शुक्रबार पक्राउ गरेको छ ।
बीरगंज महानगरपालिका–१६ शंकरआचार्य गेट नजिक प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको उनी सवार ना। ४८ प ३७७४ नम्बरको मोटरसाइकललाई शुक्रबार चेक गर्दा सिटमुनी लुकाई छिपाई राखेको ६ थानमा रहेको उक्त सुन बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्