कञ्चनपुर, १५ असार । भीमदत्त नगरपालिकाले छाडा पशु चौपायाको पुनःस्थापनका लागि घरपालुवा चौपायमा ट्याग लगाउने कार्यलाई तीव्रता दिएको छ । छाडा चौपायालाई गौशालामा पुनःस्थापन गर्न ट्याग लगाउन थालिएको हो ।
उक्त नगरपालिकाले पहिलो चरणमा वडा नं १, ३, ४, ५, ६, ७,८, ९, १० र ११ गरी १० वटा वडाका घरपालुवा चौपायामा ट्याग लगाइसकेको छ । आजदेखि वडा नं १२ देखि १९ सम्मका घरपालुवा चौपायामा ट्याग लगाउने तयारी गरिएको कार्यबाहक नगरप्रमुख सुशीला चन्द सिंहले बताएका छन ।
केही दिनभित्र गौशालामा लगेर छाडा पशु चौपाया स्थापना गरिन्छ” उनले भने,घरपालुवामा ट्याग लगाउन सकिएपछि सडकमा छाडिएका पशुलाई गौशालामा स्थापन गर्छाै ।
निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले छाडापशु पुनःस्थापनाका लागि पहिलो नगर सभाबाट रु ५० लाख बजेट विनियोजन गरे । सो रकमबाट गौशलासहितका पूर्वाधार निर्माण गरिएका छन् ।
भीमदत्त नगरपालिकाका सवइन्जिनियर सन्तोस भण्डारीले एक सय वर्ग मिटरका चार÷चार वटा गौशाला निर्माण गरिएको बताएका छन । बागफाँटमा १७ बिगाहामा छाडा पशु चौपाया पुनःस्थापन गर्न नौ बिगाहा जमिनमा घेरबार गरिएको छ ।
सो स्थानमा सय वर्ग मिटरका चार वटा गौशाला निर्माण गरिएको छ । यसैगरी पशु चौपायालाई पानी खुवाउन बोरिङको व्यगस्थाका साथै चौकीदार बस्ने घर निर्माण गरिएको छ । ती चौपायाका लागि खाली जमिनमा घाँस उत्पादन गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्