ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूल्यांकन र क्षमताकै आधारमा सरुवा बढुवा गरिएको हो – आईजीपी खनाल


एबीसी न्यूज
१६ असार २०७५, शनिबार   ७ : ५३   बजे

असार १६, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अस्तव्यस्त अवस्थामा रहेको प्रहरी संगठन सुधार्न र जनताको भरपर्दो संगठन बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । आईजीपी भएपछि खनालले बिहीबार पहिलोपटक प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरी देश र जनताको पक्षमा निरन्तर प्रतिबद्ध रहेको बताए।

मुलुकका विभिन्न स्थानमा प्रहरीले गरेका सकारात्मक कामको उदाहरण दिँदै खनालले प्रहरी संगठनमा लामो समयदेखि रोकिएको प्रहरी नायव निरीक्षक (सई) देखी प्राविधिकतर्फ बर्षौंदेखि रोकिएको सरुवा–बढुवा गर्न आफू सफल भएको बताए। सञ्चारकर्मीसँगको छलफलमा सहभागी खनालले नेपाल प्रहरीलाई समयसापेक्ष परिमार्जन र सुधार गर्दै लाने प्रतिबद्धता व्यक्त गरे ।

महानिरीक्षक सर्वेन्द्र खनालले कार्यसम्पादन गर्न नसक्ने प्रहरी अधिकारीमाथि कारबाही गरेको भन्दै संगठनभित्र धेरै सुधारहरू भएको बताएका छन्।आफु प्रहरी महानिरीक्षक नियुक्त भएपछि प्रहरीले गरेका कामहको फेहरिस्ता सुनाउँदै खनालले ६ जना विदेशी नागरिकलाई डिपोर्ट गरिएको बताए। उनले भने अपराधीविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने क्रममा काठमाडौंमा दुईपटक गोली चलाएका छौं, फिल्म बनाउने नाममा नक्कली नेपाली नोटको कारोबार गर्नेलाई कानुनी दायरामा ल्याएका छौं।’

एसपीको बढुवा र सरुवामा भएको विवादका विषयमा सोधिएको प्रश्नको जवाफमा महानिरीक्षक खनालले भने,‘को हो एक नम्बरको एसपी ? कसलाई एक नम्बरमा राखेर बढुवा र सरुवा गर्नुपर्ने हो ?’ एसपीहरूको बढुवा र सरुवामा मिडियामा आएको असन्तुष्टिका बारेमा आफू जानकार रहेको बताएका खनालले भने, ‘बढुवा भएका एसपीहरूले मलाई भेटेर न्याय पाएँ भनेर खुसी व्यक्ति गर्नुभएको छ।

खनालले सरुवा, बढुवादेखि बन्दोवस्तीका सामानमा खरिदसम्म ध्यान दिएको बताए। ‘सव–इनिस्पेक्टरदेखि सरुवा शुरु गरे’,उनले भने,‘ धेरैले मलाई झमेला गरेको भने । जसले जे भने पनि हिम्मत गरेर रोकिएको कामको शुरुवात भएको छ ।तलदेखि माथिल्लो पदसम्मको सरुवा र बढुवा भएको प्रसङ्ग उल्लेख गर्दै आइजीपी खनालले भने,‘ बढुवा र सरुवा भएकाहरूले खुसी व्यक्त गरेका छन्।

खनाल आईजीपी भएपछि प्रहरी जवानदेखि प्रहरी नायब महानिरीक्षकसम्मका ९ हजार ७ सय ४३ प्रहरीको सरुवा तथा पदस्थापन भएको छ भने २ हजार ५ सय १९ जनाको बढुवा भएको छ । त्यस्तै, प्रहरीमा रिक्त दरबन्दी पूर्ति गर्न यही अवधिमा ४९ प्राविधिक प्रहरी नायब निरीक्षक भर्ना गरिएको छ । प्रहरी सहायक निरीक्षकको पनि भर्ना प्रक्रिया चलिरहेको छ ।१ हजार १ सय १५ रिक्त प्रहरी जवानको पूर्तिका निम्ति प्रहरी प्रधान कार्यालयले लोकसेवा आयोगसँग सहमति लिइसकेको छ ।

प्रहरी संगठनलाई पनि संघीयताअनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई प्राथमिकतामा राखेको खनालको भनाइ छ । सरकारका हरेक काममा प्रहरी पहिलो मोर्चामा भएको बताउँदै उनले प्रहरीभित्रका कमीकमजोरीलाई पनि सुधार गर्दै अघि बढिरहेको जिकिर गरे। प्रहरी संगठनमा राम्रो गर्ने पुरस्कृत हुन्छन्, नराम्रो गर्नेहरु सजायको हकदार हुन्छन् । यो कुरा कडाइका साथ लागु हुन्छ,” उनले भने ।सुदृढीकरण योजनामा प्रहरीका लागि जिल्ला स्तरसम्म फिटनेस सेन्टर निर्माणदेखि प्रहरी एकाइका लागि थप दरबन्दीसम्मका योजना समेटिएका छन्। प्रहरी इकाइ नभएका चार नगरपालिका र २६ गाउँपालिकामा आगामी आर्थिक वर्षभित्र इलाका प्रहरीस्तरका कार्यालय स्थापना गरिने उक्त कार्यलयमा १ हजार ६५ प्रहरी जनशक्ति रहने आईजीपी खनालले बताए । रिक्त ती स्थानमध्ये १४ वटामा प्रहरी निरीक्षकको कमान्डमा कार्यालय रहनेछ भने १६ स्थानमा प्रहरी नायब निरीक्षकको कमान्डमा कार्यालय रहनेछ । आईजीपी खनालले भने, ‘संघीय संरचनाअनुसार प्रहरी संरचनालाई अगाडि बढाउन कानुन निर्माणदेखि अन्य काम भइरहेको छ ।’

आफूलाई काम नगर्ने भनेर टिप्पणी गरिएकोमा उनको असन्तुष्टि थियो । उनले भने,“राम्रो गर्दागर्दै आईजीपी सुतेको छ भन्ने रु नकारात्मक धारणाको विकास नगरौं।३३ किलो सुनकाण्ड र सुनम शाक्य हत्याकाण्डका विषयमा आफूले अनुसन्धानमा सहयोग गरेको उनले बताए।‘ सरकारले बनाएको छानविन समितिलाई मैले सहयोग गरेको छु’, उनले भने, ‘त्यो समितिलाई हामीले कुनै पनि हस्तक्षेप गर्न मिल्दैन ।दोषीलाई कारबाही हुन्छ।’

आईजीपी खनालले गुण्डागर्दीमा संग्लन व्यक्ति वा गिरोह र कुनै पनि अपराधमा लागेकाविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुने बताए।गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारबाही अगाडि बढाउँछौं’ उनले भने,साईबर अपराधका कारण समाजमा धेरै असर पुगेको छ ।साईबर अपराध नियन्त्रणका लागि प्रहरीभित्र छुट्टै संरचना निर्माण गर्न लागिएको खनालले बताए । उनले भने, ‘साईबर अपराध नियन्त्रणका लागी साईबर सेल र मानव बेचविखन नियन्त्रणका लागी छुट्टै एन्टी ट्राफिक सेल स्थापना गर्ने काम शुरु भैसकेको छ ।नेपाल प्रहरीलाई संघीय संरचनामा लैजानका लागी संघीय प्रहरी ऐन र प्रादेशिक प्रहरी ऐनको ड्राफ्ट निर्माण कार्य भइरहेको उल्लेख गर्दै खनालले लागूऔषध विरुद्ध आक्रामक कार्यकम तय गरिने बताए ।

प्रदेश २ ले महिला मात्रै प्रहरीमा भर्ना गर्ने भनेर आएका समाचारका विषयमा सोधिएको प्रश्नको जवाफमा महानिरीक्षक खनालले ऐनअनुसार हुने बताए। नेपाल सरकारले बनाउने ऐनअनुसार प्रहरी चल्छ’, उनले भने, ‘ऐन नआउँदासम्म कसले के भन्छ त्यसको पछाडि लाग्नु आवश्यक छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group