ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 झापामा झोलुंगे पुल निर्माण


एबीसी न्यूज
१६ असार २०७५, शनिबार   २ : १५   बजे

झापा, १६ असार । झापा गाउँपालिका-१ का सितुमारी हुँदै स्यालमारा जोड्ने सडक खण्डको सानो माइमा झोलुंगे पुल निर्माण भएको छ ।

सहारा नेपालको प्राविधिक सहयोग, स्थानीय जनश्रमदान र झापा गाउँपालिकाको रु तीन लाख ४१ हजारसहित रु ५८ लाखको लागतमा सानो माइमा पुल निर्माण भएको हो । पुल निर्माणसँगै स्यालमाराका ३०० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

यसअघि सानो माइमा पुल नहुँदा त्यस क्षेत्रका सर्वसाधारण हिउँदमा बाँसे पुलको सहयोगमा झापा बजार आउने गरेका थिए, भने वर्षायाम शुरुभएसँगै भारतीय बजार दिघलबैंकको भर पर्नुपर्ने अवस्था रहेको स्थानीयवासी जालिम मियाँले बताउनुभयो ।

६४ मिटर लम्बाइको सो पुलको उद्घाटन जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठ, झापा गाउँपालिका अध्यक्ष जयनारायण साह र नेपाली काँग्रेसका नेता देउमान थेवेले संयुक्त रुपमा गर्नुभयो ।

माइ खोलामा पुनःनिर्माणसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सहजता भएको भन्दै सर्वसाधारणले खुशी व्यक्त गरेका छन् ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर इजामले तत्कालका लागि आवातजावतमा सहजता भए पनि दीर्घकालका लागि यस ठाउँमा पक्की पुलको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu