बझाङ १६ असार । मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत र साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृण्ण जोशीलाई मोसो दलेको आरोपमा नेकपा (विप्लव)का एक कार्यकर्ता पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
खप्तड छान्ना गाउँपालिकाका वडा नम्बर–७, घर भएका ज्ञानबहादुर चौहानलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनलाई सदरमुकाम चैनपुरको भोपुरवाट पक्राउ गरिएको र अहिले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने काम भैरहेको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । उनी विप्लवका सक्रिय कार्यकर्ता तथा विप्लव निकट शहीद परिवार संगठनका जिल्ला अध्यक्ष रहेको प्रहरीको भनाई छ
प्रतिक्रिया दिनुहोस्