ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुसहर बालबालिकासँग कलाकार कुञ्जना (सुन्तली) को जन्मदिन


एबीसी न्यूज
१७ असार २०७५, आइतबार   ८ : ३४   बजे

बर्दिवास, १७ असार । “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन् ।

कुञ्जना र उहाँका पति हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूहरुका लागि पक्की घर बनाई दिएर विद्यालयमा नाम लेखाइ दिएको दुई वर्षअघिको कुरा सम्झँदै अञ्जलीले फेरि थपिन्–, “हामीलाई मान्छेजस्तो बाँच्न सिकाउने नै तपाईहरु हो, तपाईहरुले बिर्सिदिनु भए हामी टुहुरा हुन्छौँ ।” अञ्जलीमात्र नभई आरती, प्रियङ्का, निशा र आशासहितका १५० जना मुसहर बालबालिका शनिबार कुञ्जनालाई जन्मदिनको शुभकामना दिन तल्लिन हुँदै आफ्ना मनोभाव पोखिरहेका देखिए ।

बस्तीका मुसहर बालबालिकालाई धुर्मुस–सुन्तली आएको दिन ठूलै पर्व हुने गर्छ । शनिबार हाँस्यकलाकार कुञ्जना आफ्नो जन्मदिन मनाउन धुर्मुससहित बस्ती आएपछि यहाँका सबै बालबालिका फुरुंग छन् । कुञ्जनालाई आफ्नै करेसाबारीमा फुलेका सयपत्रीका माला गलामा, हरियो दुवो चुल्ठोमा सिउरी दिन, राता अक्षता निधारमा लगाइदिन मुसहर बालबालिका आतुर देखिन्थे ।

बालबालिकाको स्वागत ग्रहण गरेकी हाँस्यकलाकार कुञ्जनाले सबै स्कूले नानीलाई कापी, कलम, कोसेली दिनुभयो । “सबै प्रेमका बशिभूत हुँदारहेछन्” कुञ्जनाले बालबालिकालाई मिठाई खुवाउँदै भन्नुभयो–, “तिमीहरुले दिएको मायाले नै मलाई तिमीहरुसँग बसेर जन्मदिन मनाउन यहाँ ल्यायो ।”

कुञ्जना जन्मदिन मनाउन बस्ती आएपछि बस्तीका सबैजसो घरमा आज घोङी (एकप्रकारको शंखेकिरा) को तरकारी पाकेको छ । “हाम्रो जलसा (उत्सव)मा घोङी विशेष कुरा हुन्छ” बस्तीकी अगुवा ६५ वर्षीया मानकी सादाले भन्नुभयो, “हाम्रालागि धुर्मुस सुन्तलीभन्दा ठूला मान्छे अरु छन् भन्ने लाग्दैन, आज सबै घरको घोङी उहाँहरुले चाख्नुहुन्छ ।”

२०७२ सालको हिउँदमा बस्तीका ५० घर मुसहरलाई पक्कीघर बनाएर २०७३ साल वैशाख १ गते घर हस्तान्तरण गरेयता धुर्मुस–सुन्तली आफ्नो जन्मदिन मनाउन, मिथिला र मुसहर जातिका चाडपर्व विशेषमा भागलिन यहाँ आउने गर्नुभएको छ । “हामी शुरुमा आउँदा यहाँका बासिन्दा मुण्टो फर्काएर हिँड्थे, साना नानीहरु सिंगानको लत्को झार्दै नाङ्गै कुद्थे” हाँस्यकलाकार धुर्मुसले दुई वर्षअघिको बस्ती सम्झँदै भन्नुभयो–, “अहिले यहाँका सबै बासिन्दा शिष्टाचारपूर्वक अतिथि सत्कार गर्छन्, यहाँका नानीहरु सफासुग्घर भएर स्कूल गएको देख्दा खुशी लाग्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group